Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

जनताले चाहे विकास हुन्छ : प्रधानमन्त्री ओली


1.4K
Shares

जनताले चाहे विकास हुन्छ : प्रधानमन्त्री ओली

पशुपतिनगर इलाम, २८ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले जनताले चाहेमा देशको विकास चाडै हुने बताउनुभएको छ । इलामको माई नगरपालिकामा शनिबार आयोजित कार्यक्रममा सहभागी हुदै प्रधानमन्त्री ओलीले जनताले चासो राखे देशको बिकास चाडै हुने बताउनुभएको हो ।

प्रधानमन्त्री ओलीले विकास निर्माणका काममा कसैले अवरोध गर्न नहुने बताउदै विकास निर्माणका काममा सहभागी बन्न सबैलाई आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, ‘‘सरकार विकास गर्न कम्बर कसेर लागेको छ, त्यसमा तपाईहरु सकारात्मक सोच राखेर सारथी बन्नुहोस् ।

राजनिितक विषयमा कुनै प्रतिक्रिय नजनाउनुभएका प्रधानमन्त्री ओलीले मदन भण्डारी राजमार्ग निर्माणले विकासको ढोका खोलेको बताउनुभयो । उहाँले स्थानीय स्तरमा उत्पादन हुने सुपारी, केरा लगायतको बजारीकरणमा तीन तहका सरकार लाग्नु पर्ने बताउनुभयो ।

उक्त अवसरमा माई नगरपालिकाका नगर प्रमुख खम्बासिं लिम्बुले नगरको विकासका लागि बिभिन्न माग सहितको ज्ञापन पत्र बुझाउनु भयो । कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्री हिकमत कार्की लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology