गोरखा, २७ जेठ । गोरखाको गण्डकी गाउँपालिकाले चालु आर्थिक वर्ष २०८१÷८२ मा ८६.२० प्रतिशत वित्तिय प्रगती हासिल गरेको छ । गाउँपालिकाले चालु आर्थिक बर्षमा चालु खर्च तर्फ बिनियोजन गरेको बजेटमध्र्ये ८६.६३ प्रतिशत खर्च भएको गाउँपालिकाले जनाएको छ ।
त्यस्तै पूँजीगत तर्फ बिनियोजन गरेको बजेट मध्ये चालु आर्थिक बर्षमा ८५.२८प्रतिसत खर्च भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भुवन चााँपागाईले जानकारी दिनुभयो ।