Nagarik Sawal

२०८३ कार्तिक १५ शनिबार

२०८३ कार्तिक १५ शनिबार

‘बाढीपहिरोमा राज्य संवेदनशील हुनु पर्छ’


861
Shares

‘बाढीपहिरोमा राज्य संवेदनशील हुनु पर्छ’

काठमाडौँ, २७ असार । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रले बाढीपहिरोबाट ठुलो मात्रामा धनजनको क्षति भएकाले राज्य संवेदनशील हुनुपर्ने माग राखेको छ ।

माओवादी केन्द्रको पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बिहीबार बसेको पदाधिकारी बैठकले रसुवागढी नाकालगायत देशैभर बाढीपहिरोले जनता पीडित भएकाले राज्यले उद्धार र राहतको कार्यमा तत्परता देखाउनुपर्ने सुझाव दिएको हो ।

माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले मनसुन सुरु भएलगत्तै देशैभर बाढीपहिरोले धनजनको क्षति पुर्‍याएकाले त्यसमा राज्य संवेदनशील हुनुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “बाढीपहिरोले धेरै क्षति पुर्‍याएको छ । रसुवागढी नाकामा राज्य चनाखो नहुँदा धेरै क्षति भयो । मौसमको पूर्वअनुमानलाई ख्याल गरेर बसेको भए त्योभन्दा कम क्षति हुन्थ्यो कि भन्ने छ ।”

मनसुनमा बाढीपहिरोको प्रकोप बढी हुने भएकाले सरकारले पर्याप्त ध्यान दिनुपर्ने उहाँको भनाइ छ । पार्टीका तर्फबाट आधिकारिक रूपमा बाढीपहिरोबारे विज्ञप्ति जारी गरेर सार्वजनिक गर्ने निर्णय भएको उहाँले जानकारी दिनुभयो ।

साथै उहाँका अनुसार बैठकले साउन दोस्रो साता स्थायी समिति बैठक बोलाउने निर्णय गरेको छ । गङ्गानारायण श्रेष्ठ नेतृत्वको नेपाल समाजवादी पार्टीबाट एकतामा आएका नेतालाई केन्द्रीय समितिमा समेट्नेबारे बैठकमा छलफल भएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology