Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

उत्तरी गोरखामा भिरबाट लडेका १ पुरुषको मृत्यु


2K
Shares

उत्तरी गोरखामा भिरबाट लडेका १ पुरुषको मृत्यु

गोरखा, २७ असार । उत्तरी गोरखाको मनास्लु पदमार्गबाट लडेका १ जना पुरुषको मृत्यु भएको छ । ज्यान गुमाउने ब्यती चुमनुब्री गाउँपालिका–३ सिर्दीबासका बर्ष ३० का थरपुन गुरुङ भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरिक्षक एवं सूचना अधिकारी ईन्द्र प्रसाद सुवेदीले जानकारी दिनुभयो ।

उहाँका अनुसार असार २४ गते सोही गाउँपालिकाको वडा नम्बर ४ मा रहेको नामरुङ स्थित घरमा जान्छु भनि हिडेका उनी सम्र्पक बिहीन भएका थिए ।

गुरुङका आफन्त, गाउँले र ईलाका प्रहरी कार्यालय लार्केको प्रहरी टोलीले खोजी गर्दा असार २५ गते बुधबार साँझ ७ बजेको समयमा लार्के स्थित मनास्लु पदमार्गको गोरेटो बाटोमा रहेको भिरबाट लडेर मृत अवस्थामा फेला थियो ।

गुरुङ गोरेटो बाटोबाट ३०० मिटर तल खसेको सूचना अधिकारी सुवेदीले बताउनुभयो । गुरुङको शव आवश्यक कानूनी प्रकृया पुरा गरेर आफन्तको जिम्मा लगाएको जिल्ला प्रहरी कार्यलय गोरखाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology