Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

थबाङ गाउँपालिकाका सातै जना कर्मचारी सम्पर्कमा


637
Shares

थबाङ गाउँपालिकाका सातै जना कर्मचारी सम्पर्कमा

रुकुम पूर्व, २६ असार ।  रोल्पाको थबाङ गाउँपालिकाबाट सम्पर्कविहीन रहेका सातै जना कर्मचारी सम्पर्कमा आएका छन् । थबाङ गाउँपालिकाका सात जना कर्मचारी केही दिनअघि रुकुम पूर्वतिर कामको सिलसिलामा निस्किएपछि टेलिकमको नेटवर्क नहुँदा उनीहरू परिवार तथा कार्यालयसँग सम्पर्कविहीन भएको भन्दै गाउँपालिकाले सूचना जारी गरेको थियो ।

प्रमुख जिल्ला अधिकारी बासुदेव दाहालले उनीहरू सम्पर्कमै रहेको बताउनुभयो । “मैले हिजो राति १० बजेतिर प्रमुख प्रशासकीय अधिकृतसँग फोनमा कुरा गरेको थिएँ । उहाँहरूले हामी सकुशल छौँ, लिवाङ आउँदैछौँ भन्नुभयो । बिहान पनि फेरि सम्पर्क भएको छ । काम सकेर फर्किंदैछौँ भन्नुभएको छ,” उहाँले भन्नुभयो ।

सम्पर्कविहीन भएका कर्मचारीहरूमा प्रमुख प्रशासकीय अधिकृत हेमराज घर्ती मगर, सहायक प्रशासन पाँचौँ तहका हरिश माझी, सह–लेखापाल यज्ञप्रसाद कँडेल, सब–इन्जिनियर चन्द्रप्रकाश ओली, निशा आचार्य, खा।पा।स।टे शिवकुमार वली र सवारी चालक प्रदीप केसी हुन् । थबाङ गाउँपालिकाले बुधबार नै एक विज्ञप्ति जारी गर्दै कर्मचारी सम्पर्कविहीन भएको जानकारी गराएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology