Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

उद्धार गर्न गएका सहायक हवल्दार भिरबाट खसे, सेनाको हेलिकप्टर जाँदै


1.4K
Shares

उद्धार गर्न गएका सहायक हवल्दार भिरबाट खसे, सेनाको हेलिकप्टर जाँदै

काठमाडौँ,२५ असार । रसुवाको बाढीको कारण फसेका नागरिकका उद्धार गर्न गएका सशस्त्र प्रहरी बलको एक जना सहायक हवल्दार भिरबाट खसेका छन् ।

गोसाईंकुण्ड गाउँपालिका वडा नम्बर ३ लिङलिङमा उद्धारको लागि २ नम्बर गुल्मबाट गएका सहायक हवल्दार विशाल थापा भिरबाट लडेर घाइते भएका हुन् ।

२१ जनाको टोली गएकोमा थापा १० मिटर तल खोँचामा खसेका थिए । उनको टाउको र घुँडामा चोट लागेको सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिएनुभयो । उनको प्राथमिक उपचारको लागि टिमुरे तर्फ स्ट्रेचरमा हालेर लगिएपनि अवस्था गम्भीर भएकोले नेपाली सेनाले हेलिकप्टर पठाउन लागेको छ ।

सेनाको हेलिकप्टर मार्फत ल्याएर सशस्त्र प्रहरीको बलम्बु स्थित अस्पतालमा उपचार गराउने तयारी रहेको थापाले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology