Nagarik Sawal

२०८३ कार्तिक १५ शनिबार

२०८३ कार्तिक १५ शनिबार

गोरखाको रात्री बस ठुलो दुघटनाबाट जोगियो


3.9K
Shares

गोरखाको रात्री बस ठुलो दुघटनाबाट जोगियो

गोरखा, २५ असार । गोरखाको अबुवा क्षेत्रमा आज बिहानै यात्रुबाहक बस ठुलो दुर्घटना हुनबाट जोगिएको छ । दुर्घटनाबाट जोगिएको यात्रु बाहक बसमा चालक दल सहित १८ जना यात्रु रहेको गोरखा यातायात सेवा कम्पनीका सञ्चालक समिति सदस्य गणेश बानियाँले जानकारी दिनुभयो ।

काठमाडौंदेखी गोरखाको माछी खोला तर्फ आउदै गरेको ग १ ख ९४४४ नम्बरको रात्री बस पहिरोमा फसेको थियो । पहिरोमा फसेको बस डेढ घण्टाको अथक प्रयासपछी सकुशल उद्वार गरिएको सदस्य बानियाँले बताउनुभयो ।

उहाँका अनुसार चालक दल र यात्रु सबै सकुशल उद्वार गरिएको छ । गोरखा नगरपालिका–११ को अबुवा क्षेत्रमा आज बिहान ठुलो बर्षापछी डाडाँ माथीबाट आएको पहिरोमा बस अड्किएको थियो ।

बस निकाल्न राती नै यातायात कम्पनीले जेसिबी मेशिन प्रयोग गरेर बिहान ४ बजे मात्र पहिरोबाट सकुशल उद्वार गरिएको सदस्य बानियाँले बताउनुभयो ।

घटना स्थलमा प्रहरी चौकी मझुवा देउरालीको प्रहरी टोली समेत खटिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology