Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

जीर्ण पुलबाट यात्रा गर्नुपर्ने बाध्यता हट्यो


924
Shares

जीर्ण पुलबाट यात्रा गर्नुपर्ने बाध्यता हट्यो

तनहुँ, २४ असार । तनहुँको ऋषिङ गाउँपालिका र म्याग्दे गाउँपालिका– १ का बासिन्दाहरुलाई जीर्ण पुलबाट जोखिमपूर्ण यात्रा गर्नु पर्ने बाध्यता हटेको छ ।

तनहुँ जलविद्युत आयोजनाले सामुदायिक विकास कार्यक्रमअन्तर्गत म्याग्दे गाउँपालिका–१ र ऋषिङ गाउँपालिका–१ जोड्ने सेती नदीमा रहेको झुलुङ्गे पुलको मर्मतसम्भार गरिदिएपछि जोखिम हटेको हो । काठका फल्याक मक्किएका र केही जीर्ण भएर झरेपछि उक्त पुलबाट गरिने आवतजावत जोखिमपूर्ण भएकोले सामाजिक उत्तरदायित्वअन्तर्गत मर्मत गरिएको तनहुँ जलविद्युत आयोजनाका प्रमुख श्यामजी भण्डारीले बताउनुभयो ।

५८ हजार लागतमा उपभोक्ताहरुसँगको साझेदारीमा मक्किएका फ्ल्याक परिवर्तन गरी यात्रा सुरक्षित गरिएको भण्डारीले जानकारी दिनुभयो । भण्डारीले भन्नुभयो, ‘‘मर्मतका लागि स्थानीयलाई नै रोजगार दिएर उपभोक्तालाई परिचालन गरी काम छिटो र सस्तोमा मर्मत सम्भारको काम पूरा भयो ।’’

मर्मतपछि अब उक्त पुलबाट गरिने यात्रा सुरक्षित भएको आयोजनाले जनाएको छ । आयोजनाका अनुसार पुल जीर्ण हुँदा स्थानीयलाई आधा घण्टा टाढाबाट घुमेर जानुपर्ने बाध्यता हटेको छ । स्थानीय सीप र प्रविधि प्रयोग गरेर पुलको मर्मत गरिएको हो । पुल मर्मत पछि स्थानीय खुसी भएका छन् । पुल मर्मतले स्थानीयलाई आवत जावतमा सहज भएको ऋषिङ गाउँपालिका– १ का वडाध्यक्ष कुशबहादुर थापाले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology