Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

गोरखाको महिला जागरण सहकारीमा आगलागी


1.5K
Shares

गोरखाको महिला जागरण सहकारीमा आगलागी

गोरखा, २३ असार । केही दिन अगाडी महिलाहरुले सञ्चालन गर्दै आएको गोरखाको १ सहकारीमा आगजनीको घटना सार्वजनिक भएको छ । बारपाक सुलिकोट गाउँपालिका–५ को लाकुरीबोटमा रहेको महिला जागरण बचत तथा ऋण सहकारी संस्थामा रातको समयमा आगजनी भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरिक्षक एवं सूचना अधिकारी ईन्द्र प्रसाद सुवेदीले जानकारी दिनुभयो ।

असार १९ गते भएको उक्त घटनाको बारेमा प्रहरीले ढिला गरी सूचना संप्रेशण गरेको हो । सूचना अधिकारी सुवेदीका अनुसार अज्ञात ब्यत्तीले सहकारीमा प्रवेश गरी रातको समयमा आगजनीको घटना घटाएको बताउनुभयो।

आगजनीबाट संस्थाको महत्वपूर्ण कागजपत्रहरु जलेर नष्ट भएको छ । घटनाका सम्वन्धमा प्रहरी अनुसन्धान सुरु गरेको पनि जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology