Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

गोरखामा सवारी जरिवानाबाट ११ महिनामा करिब १ करोड राजस्व संकलन


2.2K
Shares

गोरखामा सवारी जरिवानाबाट ११ महिनामा करिब १ करोड राजस्व संकलन

गोरखा, २२ असार । गोरखामा सवारी जरिवानाबाट गएको एघार महिनामा झण्डै एक करोड राजस्व संकलन भएको भएको छ । जिल्ला भित्र सवारी नियम उल्लंघन गर्ने १० हजार १५२ वटा सवारी साधनलाई कारवाही गर्दा ट्राफिक प्रहरी कार्यालय गोरखाले रु ९८ लाख ८७ हजार ५०१ राजस्व संकलन गरेको हो ।

चालु आर्थिक बर्षको साउनदेखि जेठ मसान्तसम्म सवारी उल्लंघन गर्नेमा सवै भन्दा धेरै दुई पाङ्ग्रे सवारी साधन रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाका प्रमुख प्रहरी नायव निरीक्षक राजेन्द्र पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार कार्यालयले गएको साउन महिनामा रु ९ लाख २८ हजार ५ सय, भदौमा रु ७ लाख ७८ हजार, असोजमा रु ८ लाख ६७ हजार, कात्तिकमा रु ९ लाख २४ हजार ५ सय राजस्व संकलन गरेको हो ।

त्यस्तै मंसिरमा रु १० लाख ३६ हजार ५०१, पुसमा रु ८ लाख ७७ हजार ५ सय, माघमा रु ८ लाख ६४ हजार ५सय, फागुनमा रु ८ लाख ५३ हजार, चैतमा रु १० लाख ५५ हजार ५ सय, बैशाखमा रु ९ लाख ६४ हजार र जेठमा रु ७ लाख ८५ हजार राजस्व संकलन गरिएको प्रमुख पौडेलको भनाई छ ।

‘‘ट्राफिक प्रहरीको उद्देस्य राजस्व संकलन भन्दापनि सवारी नियम पालना गराउने, दुर्घटना न्युनीकरणका लागि सचेतना प्रदान गर्ने हो, प्रमुख पौडेलले भन्नुभयो, ‘‘पटकपटक सचेत गराउदा पनि अटेरी गर्नेहरुलाई हामीले नियम अनुसार कारवाही गर्ने गरिएको छ ।’’

अधिकांस सवारी साधनको कागजपत्र दुरुस्त नराखेको, मादक पर्दाथ सेवन गरेर सवारी चलाएको, लापरवाहीपूर्वक सवारी चलाएको अवस्थामा ट्राफिक कारवाहीमा परेको उहाँले बताउनुभयो ।

जिल्ला भित्र गएको ११ महिनामा ४ हजार ५५४ वटा मोटरसाइकल, २ हजार १७४ वटा कारजीप, १ हजार ६१६ वटा टिप्पर तथा ट्रक, एकहजार १०८ वटा बस, ६९४ वटा ट्रयाक्टर तथा ३७ वटा अन्यसवारी साधन कारवाहीमा परेको उहाँको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology