Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

२०८४ लाई क्रान्तिको एउटा नयाँ चरणको रूपमा लिएका छौँ : अध्यक्ष दाहाल


1.6K
Shares

२०८४ लाई क्रान्तिको एउटा नयाँ चरणको रूपमा लिएका छौँ  : अध्यक्ष दाहाल

काठमाडौँ, २१ असार । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले ०८४ लाई क्रान्तिको एउटा नयाँ चरणको रूपमा लिएको बताउनुभएको छ ।

शनिवार पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा नेकपा ९माओवादी केन्द्र० पर्सा—काठमाडौँ सम्पर्क समन्वय समितिको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले ०८४ बाट देशलाई क्रान्तिको एउटा नयाँ चरणको रूपमा प्रवेश गराउने दाबी गर्नुभयो । महिला, उत्पीडित, आदिवासी, जनजाति सबैको निम्ति क्रान्तिको झन्डा उठाउँदा त्यसको तयारीमा सबैभन्दा ठुलो भूमिका सङ्गीतले खेलेको बताउनु भयो ।

उहाँले जनयुद्धताका भाषण, दर्शन, सिद्धान्तको व्याख्याले भन्दा गीत, सङ्गीत र नृत्यहरूले बढी भूमिका खेलेको बताउनु भयो । आगामी निर्वाचनको लडाइँमा पनि गीत, सङ्गीतको माध्यमबाट निर्णायक भूमिका खेल्ने बताउनु भयो ।

अध्यक्ष दाहालले भन्नुभयो, ‘आउने ०८४ लाई हामीले नेपाली क्रान्तिको एउटा नयाँ चरणमा प्रवेश गराउनेछौँ । यही विश्वास छ । मलाई विश्वास छ, कमरेडको रूपमा तपाईँहरू सबै पनि आफ्नो भूमिका पूरा गर्नुहुनेछ ।’

अध्यक्ष दाहालले अब पर्सामा पार्टीको विजय यात्रा सुरु भएको दाबी गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology