Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

‘संसदमा कुकुरकै मासु बेचिरहेका छन्’ : अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड


1.5K
Shares

‘संसदमा कुकुरकै मासु बेचिरहेका छन्’ : अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड

काठमाडौं १९ असार । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालमा सक्कली र नक्कली समाजवादी छुट्याउन मुस्किल भएको बताउनुभएको छ ।
बिहीबार समाजवादी दर्शनको रूपरेखा पुस्तक लोकार्पण कार्यक्रममा बोल्दै उनले पूँजीवाद व्यक्तिवादमा र समाजवाद सामूहिकतामा आधारित दर्शन भए पनि यसको व्यवहारिक प्रयोग निकै ठूलो अन्तरविरोध देखिएको बताउनुभयो ।

‘भन्दा समाजवाद मार्क्सवाद भन्ने व्यवहारमा प्रयोग व्यक्तिवादको गर्ने प्रचलन र प्रवृत्ति निकै हाबी भएको अवस्था छ,’ उनले भने, ‘समाजवादी नाम सबैले राख्ने तर समाजवादको आधाभूत सिद्धान्त र मान्यताभन्दा बाहिर गएर आफ्नो जीवन, दर्शन र राजनीतिक दिशा र सांस्कृतिक आचरण गर्ने प्रवृत्ति हाबी छ ।’

समाजवाद भन्ने र प्रयोग गर्नेको बीचमा निकै ठूलो अन्तरविरोध देखिएको उहाँले बताउनुभयो । ‘अहिले समाजवाद त सामन्त, दलाल, नोकरशाह, पुँजीवादी सबैले शब्द प्रयोग गरिरहेका छन्, उहाँले भन्नुभयो, ‘यो शब्द लोकप्रिय भएकोले आफ्नो राजनीतिक स्वार्थ पूरा गर्न सजिलो हुन्छ भनेर
व्यवहारमा व्यक्तिवादी स्वार्थ पूरा गर्ने प्रचलन, फेसन अहिले देखिएको छ ।’

आजभोलि वैज्ञानिक समाजवादको प्रयोगपनि सबैखाले अवसरवादी र पूँजीवादीले प्रयोग गरिरहेका उहाँले जिकिर गर्नुभयो । ‘सक्कली र नक्कली समाजवादी छुट्याउन निकै जिटल र चुनौतीपूर्ण अवस्था सिर्जना भएको छ,’ उहाँले भन्नुभयो ।

उहाँले थप्नुभयो ‘नेपालमा आधारभूत रूपमा पूँजीवादी जनवादी क्रान्ति सफल भएर हामी अब समाजवादी क्रान्तिको चरणमा प्रवेश गर्‍यौं भनेर एकाध बाहेक सबैले भन्न थालेका छन् ।’

कसैले पनि समाजवाद तत्काल आइहाल्यो नभनेको र समाजवादको चरणमा प्रवेश गरेका छौं मात्र आफूहरूले भनेको उहाँले बताउनुभयो । समाजवाद तत्काल कायम हुन सक्ने अवस्था नभएरै संविधानमा समाजवाद उन्मुख शब्द उल्लेख गरिएको उहाँले तर्क गर्नुभयो ।

पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले संघीयता सामूहिकताको अभ्यास गर्न समाजवादको भ्रुण भएको उहाँले व्याख्या गर्नुभयो । संविधानमा रहेका सबै सकारात्मक विषयहरूलाई उल्ट्याउने प्रयास भइरहेको उहाँले आरोप लगाउनुभयो ।

‘कुकुरकै मासु बेचिरहेका छन् १’

प्रचण्डले माओवादीले युद्धकालीन समयमा भन्ने गरेको खसीको टाउको राखेर कुकुरको मासु बेच्ने संसदीय व्यवस्थाको अभ्यास अहिले नेपालमा भइरहेको आरोप लगाउनुभयो ।

‘अहिले जे भइरहेको देखिन्छ, समितिका प्रतिवेदनमाथि भइरहेका छेडखानीहरू त्यो त्यस्तै हो, देखाउँदा खसीको टाउको देखाइएको छ भित्रभित्रै कुकुरको मासु बेचिइरहेको छ,’ भन्नुनभयो ।

सरकारले भ्रष्टहरूलाई संरक्षण गरिरहेको र दलाल पूँजीवादको स्वार्थअनुरूप काम गरिरहेको उहँले दाबी गर्नुभयो । ‘म सबैलाई आग्रह गर्न चाहन्छु, कसले दलाल पूँजीवादविरुद्ध लडिरहेको छ र कसले उनीहरूको स्वार्थअनुरूप काम गरिरहेको छ बुझ्नुस्,’ उहाँले भन्नुभयो, ‘तपाईंहरूले फरक छुट्याउनुपर्छ किनकि समाजवाद प्राप्तिको लडाइँ सामान्य छैन ।’

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology