Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

पूर्व राष्ट्रपतिलाई राजनीतिमा आउन संविधानले रोकेको छैनः प्रमुख सचेतक पाण्डे


1.4K
Shares

पूर्व राष्ट्रपतिलाई राजनीतिमा आउन संविधानले रोकेको छैनः प्रमुख सचेतक पाण्डे

काठमाडौं, १६ असार । नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले देशको सबैभन्दा माथिको पदमा रही सकेको व्यक्तिलाई राजनीतिमा आउन संविधानले नरोकेको बताउनुभएको छ ।

संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँगको कुराकानीमा उहाँले व्यक्तिको चाहनालाई नकार्न नसकिने बताउनुभएको हो । उहाँलाई पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिमा फर्कने घोषणा गरेको बारे प्रश्न सोधिएको थियो ।

प्रमुख सचेतक पाण्डेले सम्माननीय पदमा पुगिसकेको देशको सबैभन्दा माथि रही सकेको व्यक्ति भएपनि आफ्नो चाहनालाई नकार्न नसकिने बताउनुभयो । संविधानले राजनीति गर्न हुँदैन भनेर नरोकेको उहाँको तर्क थियो ।

उहाँले भन्नुभयो, ‘सम्माननीय पदमा पुगिसकेको देशको सबैभन्दा माथि रही सक्नुभएको व्यक्तिको आफ्नो चाहना हो, संविधानले कतै रोकेको जस्तो लाग्दैन । उहाँको आफ्नै निर्णय हो ।’

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology