Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरखाको १ विद्यालयमा एसईई नजितामा शून्य : अभिभावकले लगाए विद्यालयमा ताला


5.9K
Shares

गोरखाको १ विद्यालयमा एसईई नजितामा शून्य : अभिभावकले लगाए विद्यालयमा ताला

गोरखा, १६असार । गोरखाको आरुघाटमा रहेको १ विद्यालयले एसईई परिक्षामा नजितामा शून्य ल्याएपछि रुष्ट अभिभावकहरुको समूहले विद्यालयको मुल द्धारमा तालाबन्दी गरेका छन् । उनीहरुले आइतबार तालाबन्दी गरेका हुन् ।

तालाबन्दी पछी आज सोमबार विद्यालय र अभिभावकहरु बिच छलफल भइ रहेको आरुघाट गाउँपालिकाका शिक्षाा, युवा तथ खेलकुद शाखा प्रमुख करुणा पनेरुले जानकारी दिनुभयो । उनीहरु बिच बिहानैदेखी छलफल चलिरहेको र निष्कष ननिस्केमा दिउसो ११ बजे पालिकामा छलफल हुने समेत उहाँले बताउनुभयो

प्रमुख पनेरुका अनुसार विद्यालय र विद्यार्थी कमजोर होइन तर कसरी यस्तो हुन गयो भन्ने कुरा बुझन बाँकी रहेको बताउनुभयो । असार मसान्त लागेकोले पालिकाकै काममा ब्यस्त भएकोले विद्यालयको बारेमा बुझन समय लागेको उहाँको भनाई छ ।
आरुघाट गाउँपालिका(१० को आरुचनौटे क्षेत्रमा रहेको सिद्धदेवी माविमा पढ्ने १० जना विद्यार्थीको यस पटक एसईई दिएकोमा नतिजा शून्य आएपछि अभिभावकले विद्यालयमा तालाबन्दी गरेका हुन् ।

तालाबन्दी गर्नु पूर्व अभिभावकहरु वडा कार्यालय पुगेका थिए । तर वडाध्यक्षले विद्यालयमा गएर छलफल गर्न भनेपछी आइतबार अबेर उनीहरुले मुलद्धारमा तालाबन्दी गरिएका थिए ।

अभिभावकले विद्यालय प्रशासनको कामप्रति असन्तुष्टि जनाउँदै प्रधानाध्यापकको राजीनामा समेत मागेका थिए । प्रधानाध्यापकको राजीनामा माग गर्दे अभिभावकले औपचारिक रूपमा ज्ञापनपत्र समेत बुझाएका थिए ।

यसै सन्दर्भलाई लिएर आज बिहान ७ बजेदेखी अभिभावक र विद्यालय बिच छलफल चलिरहेको छ । छलफलबाट निष्कर्ष निस्किएन भने दिउसो पालिकामा नै छलफलको आयोजना गरीएको हो ।

अभिभावकहरुले ध्यानाकर्षण पत्रमा विद्यालयको कमजोर शैक्षिक व्यवस्थापन, पठनपाठनको कमजोरी र विद्यार्थीहरूको राम्रो तयारी नहुनु जस्ता विषयवस्तु अभिभावकले उठाएका छन् ।

 

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology