Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

गाउँसभामा अनुपस्थित हुने जनप्रतिनिधिसँग गण्डकी गाउँपालिकाका अध्यक्षद्धारा स्पष्टीकरण माग


3K
Shares

गाउँसभामा अनुपस्थित हुने जनप्रतिनिधिसँग गण्डकी गाउँपालिकाका अध्यक्षद्धारा स्पष्टीकरण माग

गोरखा १५ असार । गण्डकी गाउँपालिकाले गाउँसभा बैठकहरूमा पटक–पटक अनुपस्थित हुने जनप्रतिनिधिसँग लिखित स्पष्टीकरण माग गरेको छ ।

२०७९ सालको स्थानीय तह निर्वाचनपछि हालसम्म ९ पटक गाउँसभा बसेकोमा उपाध्यक्ष ललिता अधिकारी, वडा नम्बर ३ का अध्यक्ष सुबास पन्त र वडा नम्बर ४ का अध्यक्ष राजुबाबु भण्डारीसँग शुक्रबार लिखित जवाफ माग गरिएको गाउँपालिका अध्यक्ष दीपक तिमिल्सिनाले जानकारी दिनुभयो ।

गाउँसभा बैठकमा लगातार अनुपस्थिति गम्भीर विषय भएको भन्दै कार्यपालिकाको १२९ औँ दोस्रो सिलसिलावार बैठकले तीन दिनभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिएको हो  ।

गाउँपालिकाद्वारा जारी पत्रमा, जनप्रतिनिधिको अनुपस्थितिका कारण जनताको आवाज नीति निर्माणसम्म नपुग्ने र पालिकाको गरिमा प्रभावित हुने उल्लेख गरिएको छ ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १३ अनुसार, लगातार तीनपटक बैठकमा अनुपस्थित भएका सदस्यको पदसमेत रिक्त हुने व्यवस्था रहेको स्मरण गराइएको छ ।

स्पष्टीकरण असार १७ गतेभित्र भौतिक रूपमा उपस्थित भएर बुझाउन भनिएको छ । नआए कानुनी प्रक्रिया अघि बढाइने चेतावनी अध्यक्ष तिमिल्सिनाले हस्ताक्षरित पत्रमार्फत दिइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology