Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

‘कृषिलाई प्राथमिकतामा राखी आवश्यक लगानी गर्न सरकार प्रतिबद्ध छ’ : मुख्यमन्त्री पाण्डे


1.1K
Shares

‘कृषिलाई प्राथमिकतामा राखी आवश्यक लगानी गर्न सरकार प्रतिबद्ध छ’ : मुख्यमन्त्री पाण्डे

गण्डकी, १५ असार । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले कृषिलाई प्राथमिकतामा राखी आवश्यक लगानी गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।

राष्ट्रिय धान दिवसको अवसरमा आज शुभकामना सन्देश व्यक्त गर्दै उहाँले ‘आफ्नो माटोमा उत्पादन, आफ्नै श्रममा सम्मान, खाद्य सम्प्रभुत्तासहितको आत्मनिर्भर र समुन्नत प्रदेशः सुखी प्रदेशवासी’ को सङ्कल्प पूरा गर्न कृषिमा आवश्यक लगानी गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

सन्देशमा भनिएको छ, “किसानको निरन्तर श्रम, समर्पण र उत्पादनले देशको खाद्य सुरक्षामा अमूल्य योगदान पुर्‍याएको छ । व्यावसायिक कृषि उत्पादन, स्थानीय बालीको संरक्षण, उत्पादनमा आधारित अनुदान, कृषि उत्पादनको बजारीकरण, मल, बिउ र सिँचाइको व्यवस्थापन र खाद्य सुरक्षाका विषयलाई गण्डकी प्रदेश सरकारले नीति तथा कार्यक्रम र बजेटमा प्राथमिकताका साथ समावेश गरिएको छ।” यसको कार्यान्वयनका लागि सबैको साथ, सहयोग र सहकार्यका लागि उहाँले आग्रह गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology