Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

सबैको पहिचान र अधिकार स्थापित गरियो भने मात्र नेपालीको राष्ट्रियता बलियो हुन्छ :नारायणकाजी श्रेष्ठ


1.7K
Shares

सबैको पहिचान र अधिकार स्थापित गरियो भने मात्र नेपालीको राष्ट्रियता बलियो हुन्छ :नारायणकाजी श्रेष्ठ

गोरखा, १ असार । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले सबै नेपालीको पहिचान र अधिकार स्थापित गरियो भने मात्र नेपालीको राष्ट्रियता बलियो हुने बताउनुभएको छ ।

नेवाः राष्ट्रिय मुक्ति मोर्चा नेपास् गोरखा जिल्ला समितिको तेस्रो जिल्ला सम्मेलन कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वउपप्रधानमन्त्री एवं गृहमन्त्रीसमेत रहेका श्रेष्ठले भन्नुभयो, ु हामीले आफ्नो पहिचानलाई गर्वबोधका साथ लिन र हाम्रो भाषा, संस्कृति र परम्पराको रक्षा गर्नलाई अगाडि बढ्न आवश्यक छ । त्यसमा हीन्ता ग्रन्थिको सिकार बन्नुहुन्न ।

नेपालको राष्ट्रियता, सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाधीनता, स्वाभिमान र हितको रक्षा गर्नुपर्छ र नेपाली हुनुमा हामीले गर्व गर्नुपर्छ । र साथै हामी अन्तर्राष्ट्रियतावादी हौं, मानवतावादी हौं हाम्रो पहिचानको कुराकानी गर्दा नेपाल र नेपालीको भावनालाई कमजोर गर्ने भनेको होइन सबैको पहिचान र अधिकार स्थापित गरियो र सबैमा समान अधिकार सहितको एकताको भाव बलियो भयो भने मात्र नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाधीनता बलियो हुन्छ र नेपालीको राष्ट्रियता बलियो हुन्छ ।

उहाँले पछिल्लो समय पार्टीले सुदृढीकरण अभियान चलाउन सुरु गरेपछि माओवादी बलियो बन्दै गएको बताउनुभयो । उहाँले सामाजिक र आर्थिक रुपान्तरण नै समृद्धिको आधार रहेको पनि बताउनुभयो ।

लोकतन्त्रको रक्षा गर्न सामाजिक आर्थिक रुपान्तरण आवश्यक रहेको बताउँदै उहाँले सामाजिक न्याय, सुशासन र समृद्धिलाई प्राथमिकतामा राखेर सङ्घीय लोकतान्त्रिक गणतन्त्रको कार्यान्वयनमा सबैले ध्यान दिनुपर्ने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology