Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

गोरखा नगरपालिकाद्धारा नीति तथा कार्यक्रमका लागि सुझाव माग


1.4K
Shares

गोरखा नगरपालिकाद्धारा नीति तथा कार्यक्रमका लागि सुझाव माग

गोरखा ३१ जेठ : गोरखा नगरपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम निर्माणका लागि राय सुझाव उपलब्ध गराउन अनुरोध गरेको छ । नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२÷०८३ को वार्षिक नीति तथा कार्यक्रम निर्माणका क्रममा नगरवासीहरू, सरोकारवालाहरू तथा विभिन्न संघसंस्थाबाट राय, सल्लाह र सुझाव संकलनको प्रक्रिया सुरु गरेको हो ।

नगर प्रमुख कृष्ण बहादुर राना मगरद्वारा जारी सूचनामा आर्थिक वर्षका कार्यक्रमलाई जनमुखी र प्रभावकारी बनाउने उद्देश्यले सबै पक्षको राय अमूल्य हुने बताइएको छ । नगरपालिकाले असार ५ गतेसम्म सुझाव दिन अनुरोध गर्दै विभिन्न संघ, संस्था, बुद्धिजीवी, राजनीतिक दल, सञ्चारकर्मी, पेशाकर्मी, कर्मचारी, व्यवसायी, समाजसेवी तथा आम नगरवासीहरूलाई आफ्नो महत्वपूर्ण सुझाव उपलब्ध गराउन हार्दिक अनुरोध गरेको छ ।

इच्छुक व्यक्तिहरूले नगरपालिकाले सार्वजनिक गरिएका सूचनामा राखिएको त्तच् कोड स्क्यान गरेर ‘राय सुझाव संकलन फाराम’ भर्न सक्नेछन् । त्यस्तै प्रत्येक वडाको वडा कार्यालयमार्फत पनि सुझाव दिन सकिने व्यवस्था गरिएको छ । नगर कार्यपालिकाको कार्यालयमा व्यक्तिगत रूपमा उपस्थित भएर सुझाव दिन सकिने सुविधा पनि उपलब्ध गराइएको छ ।

डिजिटल माध्यम प्रयोग गर्न चाहनेहरू नगरपालिकाको इमेल ठेगानामा आफ्नो राय तथा सल्लाह पठाउन सक्ने नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology