Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

अजिरकोट गाउँपालिकाद्धारा कन्सुलर विभागबाट दिने सेवा पालिकाबाटै उपलब्ध गराइने


1.2K
Shares

अजिरकोट गाउँपालिकाद्धारा कन्सुलर विभागबाट दिने सेवा पालिकाबाटै उपलब्ध गराइने

गोरखा, ३० जेठ :  गोरखाको अजिरकोट गाउँपालिकाले विदेशमा रहेका आफ्ना नागरिकहरूका लागि आपतकालीन अवस्थामा आवश्यक सेवा सुविधा पालिकाको रोजगार शाखाबाट नै उपलब्ध गराउन सुरु गरेको छ । गाउँपालिकाले अबदेखि विदेशमा रहेका व्यक्तिहरुको खोजतलास, उद्धार, बैदेशिक रोजगारीका शिलशिलामा विदेशमा कुनै कारणले मुत्यु भएका व्यक्तिकको शव झिकाउ र शव घरसम्म ल्याउनका लागि सेवा उपलब्ध गराउने भएको हो ।

त्यस्तै बैदेशिक रोजगारीका क्रममा घाइतेका वा मृतकको हकमा क्षतिपूर्ती र बीमा रकमका माग दावी, बिदेशमा समस्यामा परेकाहरुको जानकारी र गुनासो बुभ्ने काम पनि पालिकाको रोजगारशाखाबाट हुने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रचना बुढाथोकीले बताउनुभयो । त्यस्तै विदेशमा आवश्यक कागजात कानुनी हकदार प्रमाणित, मृतकको धार्मिक आस्था प्रमाणित तथा कानुनी परामर्स एवं साहायतासमेत गाउँपालिका रोजगार शाखाले अनलाईनमार्फत उपलब्ध हुनेछ ।

गाउँपालिका रोजगार शाखामा निवेदन दिएर रोजगार सेवा केन्द्रमार्फत आपतकालीन सेवाग्राहीले सेवा लिन सक्ने अध्यक्ष देवकोटाले बताउनुभयो । यस सेवाबाट लिन नागरिकहरूले विदेशमा रहेका व्यक्तिको ठेगाना र अवस्था खुलाउनु पर्ने, गम्भीर समस्या परेको प्रमाणसहित जानकारी दिनुपर्ने, मृत्यु भएमा घरमा सल्लाहका लागि पालिका सम्पर्क गर्नसक्नेछन् ।

गाउँपालिकाका प्रमुख प्रशासकीय बुढाथोकीले कन्सुलर सेवा विभागबाट प्रदान गरिने सेवा विभागको अनलाइन प्रणाली प्रयोग गरी गाउँपालिकाको रोजगार सेवा केन्द्रमार्फत प्रदान गर्न सुरु गरेको सार्वजनिक सूचनामार्फत जानकारी दिनुभयो । यसअघि अजिरकोट गाउँपालिकाले विदेशमा रहेका श्रमिकको हकमा बैदेशिक रोजगार कल्याणकारी सेवाहरु खोजतलास, उद्दार र क्षतिपूर्तीसेवा मात्र दिदै आएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology