Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

अत्याधिक गर्मीका कारण पालुङटार नगरपालिकाका विद्यालयहरु बन्द


2.3K
Shares

अत्याधिक गर्मीका कारण पालुङटार नगरपालिकाका विद्यालयहरु बन्द

गोरखा, २९ जेठ : अध्याधिक गर्मीका कारण गोरखाको पालुङटार नगरपालिका भित्रका विद्यालयहरुमा आजदेखि पठनपाठन बन्द गरिएको छ । नगरपालिका भित्रका सवै सामुदायिक तथा संस्थागत विद्यालयहरुमा दुईदिनका लागि पठनपाठन बन्द गर्ने निर्णय गरिएको नगरप्रमुख विवश चिन्तनले जानकारी दिनुभयो ।

‘‘पछिल्लो केहीदिन यता अत्याधिक गर्मी बढेपछि जनजीवन निक्कै प्रभावित बनेको छ, उहाँले भन्नुभयो, ‘‘गर्मीका कारण बालबालिकाहरुलाई समस्या हुनसक्ने भएकाले नगरपालिकाले मातहतका सवै विद्यालयहरु आज र भोली बन्द गर्ने निर्णय गरेको हो ।’’

अत्याधिक गर्मीले बालबालिकाहरु विद्यालय आउन जान र पठनपाठनमा समस्या भइरहेकाले विद्यालय सञ्चालन गर्न कठिनाइ भएको नगर शिक्षा अधिकारी मनोज नेपाली सिर्मलले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘‘नगरपालिकाले अभिभावक, विद्यालय शिक्षक तथा सञ्चालक समितिबाट सुझावका लिएर विद्यालय केहीदिन बन्द गर्ने निर्णय गरेको हो ।’’

असार १ गतेबाट पुनः नियमित रूपमा पठनपाठन सञ्चालन हुने नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology