Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

गोरखाको गण्डकी गाउँपालिकामा निर्माण व्यवसायी माथि कुटपिट गर्ने तीन पक्राउ


11.4K
Shares

गोरखाको गण्डकी गाउँपालिकामा निर्माण व्यवसायी माथि कुटपिट गर्ने तीन पक्राउ

गोरखा, २८ जेठ । गोरखामा निर्माण व्यवसायीमाथि निर्धात कुटपिट गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । गत शुक्रबार जिल्लाको गण्डकी गाउँपालिका–२,खमारेमा कृतिका निर्माण सेवाका सञ्चालक कृष्णप्रसाद अंगाईलाई कुटपिट गरेको आरोपमा गण्डकी गाउँपालिका–४, ढावेका २९ बर्षका सुजल थापा, १९ बर्षका पुष्प देवकोटा र गण्डकी गाउँपालिका–३ आमडाँडाका बर्ष २४ का दयाराम पन्तलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख एसपी भरतवहादुर बि.कले जानकारी दिनुभयो ।

पक्राउ परेका तीनै जना बिरुद्ध प्रहरीले ज्यान मुद्दा दर्ता गरेर अनुसन्धान अघि बढाएको उहाँले बताउनुभयो । ठेक्काको कामको शिलशिलामा गण्डकी गाउँपालिका गएका बेला सञ्चालक अम्गाईमाथि उनीहरुले घर फर्कदै गर्दा ज्यान मार्ने उद्देस्यले हेल्मेट, ढुङगालगायतले आक्रमण गरेका थिए । घाइते अम्गाईको अवस्था खतरामुक्त रहेको छ । कुटपिटबाट अम्गाईको टाउको तथा शरिरका बिभिन्न भागमा निर्धात चोटपटक लागेको एसपी बि.कले बताउनुभयो ।

सोमबार पक्राउ परेका तीन जना बिरुद्ध आज जिल्ला अदालत गोरखाबाट म्याद थप गरेर अनुसन्धान अघि बढाइएको उहाँले बताउनुभयो । पक्राउ परेकाहरुको साथबाट एकथान मोटरसाइकल, र मोवाइल बरामद् गरेको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology