Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

भिमसेन थापा गाउँपालिकाद्धारा मानव सेवा आश्रम गोरखालाई १ लाख रुपैयाँ सहयोग


2K
Shares

भिमसेन थापा गाउँपालिकाद्धारा मानव सेवा आश्रम गोरखालाई १ लाख रुपैयाँ सहयोग

गोरखा, २५ जेठ । गोरखाको भिमसेन थापा गाउँपालिकाले मानव सेवा आश्रम गोरखालाई १ लाख रुपैयाँ सहयोग उपलब्ध गराएको छ । पालिकाले शुक्रबार एक कार्यक्रम बिच आश्रम सञ्चालकहरुलाई सहयोग स्वरुप १ लाख रुपैयाँको चेक हस्तान्तरण गरेको अध्यक्ष लोकप्रसाद बन्जाराले जानकारी दिनुभयो ।

आश्रमले गोरखा सदरमुकाममा आयोजना गरेको ‘सार्थक साझेदारी यात्रा–२०८२’ को कार्यक्रममा चेक हस्तान्तरण गरेको आश्रमका अभिभाव परिवारका संयोजक शित्तलकाजी मास्केले बताउनुभयो ।

पालिकाले आश्रममा आश्रित बालबालिकाहरुको दैनिक भोजनका लागी उक्त रकम उपलब्ध गराएको हो । उपलब्ध गराएको रकम पूर्व उप–प्रधानमन्त्री तथा गृहमन्त्री एवं नेपाल कम्यूनिष्ट पार्टी (माओवादी) का बरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठमार्फत आश्रमलाई पालिकाका अध्यक्ष बन्जाराले हस्तान्तरण गर्नुभएको थियो ।

हस्तान्तरण कार्यक्रममा पालिकाका प्रमुख प्रशासकिय अधिकृत चित्रबहादुर अधिकारी र अधिकृत रुलबहादुर आले समेत उपस्थिती रहेको थियो ।पालिकाले यस अघि पनि आश्रममा आश्रित बालबालिकाहरुको दैनिक उपभोग्य बस्तुको लागी आर्थिक सहयोग गर्दै आएको प्रमुख प्रशासकिय अधिकृत अधिकारीले जानकारी दिनुभयो ।

आश्रममा हाल विभिन्न जिल्लाका ४२ जना बालबालिकाहरु आश्रित रहेको सञ्चालिका संभावना मानव सेवाले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology