Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

गण्डकीमा यातायात बन्द : पोखराबाट काठमाडौँ र चितवनतर्फ २५ बस स्कर्टिङ


1.6K
Shares

गण्डकीमा यातायात बन्द : पोखराबाट काठमाडौँ र चितवनतर्फ २५ बस स्कर्टिङ

पोखरा, १८ जेठ । सार्वजनिक यातायात बचाउ संघर्ष समितिले आज पनि गण्डकी प्रदेशमा यातायात बन्द गरेको छ । यातायात बन्द हुँदा पोखरामा अलपत्र परेका यात्रुलाई आइतबार सशस्त्र प्रहरी र नेपाल प्रहरीले स्कर्टिङ गरेर काठमाडौँ र चितवनतर्फ पठाएको छ । पोखरामा अलपत्र परेका यात्रुलाई गन्तव्यसम्म पुर्‍याउन सशस्त्रले शनिबार पनि स्कर्टिङ गरेको हो ।

सार्वजनिक यातायात बचाउ संघर्ष समिति गण्डकी प्रदेशले जेठ १६ गतेदेखि गण्डकी प्रदेशमा सार्वजनिक यातायात बन्द गर्दै आएको छ । बन्दको कारण हजारौँ यात्रु अलपत्र परेका छन्। पोखरामा अलपत्र परेका यात्रुलाई आज बिहान १० बजेदेखि २५ वटा पर्यटक बसमा स्कर्टिङ गरेर गन्तव्यमा पुर्याउन लागिएको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिनुभयो ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर २४ कालिका गण कास्की र नेपाल प्रहरीको संयुक्त टोलीले पोखराबाट कास्कीको सीमाना कोत्रेसम्म स्कटिङ्ग गर्दै आएको छ। त्यहाँबाट नम्बर २३ मनकामना गण तनहुँले नेपाल प्रहरीसहित स्कर्टिङ गरी मुग्लिनसम्म पुर्याउँदै आएको छ ।

गण्डकी प्रदेश र बागमती प्रदेशको सीमानामासम्म स्कर्टिङ्ग गरी यात्रुलाई सुरक्षित रुपमा गन्तव्य स्थानसम्म पुर्याइने थापाले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology