Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

गोरखामा आगलागीबाट एक घर जलेर पूर्ण क्षति


2.1K
Shares

गोरखामा आगलागीबाट एक घर जलेर पूर्ण क्षति

गोरखा, १४ जेठ । उत्तरी गोरखामा आगलागीबाट एक घर जलेर पूर्ण क्षति भएको छ । जिल्लाको धार्चे गाउँपालिका–१, हुल्चुकस्थित स्थानीय राजु घलेको घर आगलागीबाट जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक (डिएसपी) इन्द्रप्रसाद सुवेदीले जानकारी दिनुभयो ।

आगलागीबाट घर भित्र रहेका सवै अन्नपात, लत्ताकपडा, भाडावर्तन जलेको उहाँको भनाई छ । ‘‘ढुङगा माटोले बनेको, जस्तापाताले छाएको एकतल्ले घरमा सेल रोटी पकाउने क्रममा अचानक आगलागी भएको हो, उहाँले भन्नुभयो,‘‘आगो स्थानीयबासी र सुरक्षाकर्मी मिलेर नियन्त्रणमा लिइएको हो ।’’ आगलागीबाट भएको क्षतिको पूर्ण विवरण भने प्राप्त हुन बाँकी नै रहेको डिएसपी सुवेदीको भनाई छ ।

गएराती करिब ९ बजेको समयमा घरमा आगलागी भएको हो । आगलागीबाट मानविय तथा पशुचौपायमा भने कुनै क्षति भएको छैन् । घटनाको थप अनुसन्धान भइरहेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology