गोरखा,१० जेठ । योंङ कम्यूनिष्ट लिग वाईसिएलको गण्डकी प्रदेश समितिमा गोरखाका १० जना युवाहरु निर्वाचित भएका छन् ।
हालै पोखरामा भएको प्रथम सम्मेलनमा उपाध्यक्ष, सह–सचिव र ८ जना सदस्य सहित १० जना युवाहरु निर्वाचित भएको वाईसिएल गोरखाका अध्यक्ष सागर श्रेष्ठले जानकारी दिनुभयो ।
उहाँका अनुसार उपाध्यक्षमा रिजन बिक र सह–सचिवमा बिकास तामाङ निर्वाचित हुनुभएको छ । प्रदेशको ५९ सदस्यीय कार्य समितिको सदस्यहरुमा थमन राना, नबिन लामिछाने, शंकर बिक, रोशन मियाँ, पुनम गुरुङ, बिनोद कुमाल, पुष्पा गुरुङ र लोक बहादुर गुरुङ निर्वाचत भएका छन् ।
सम्मेलनले थपम गुरुङलाई अध्यक्षमा चयन गरेको छ भने महिला उपाध्यक्षमा सबिता निउरे, सचिवमा सुमित घर्ती र कोषाध्यक्षमा आईतराम तामाङलाई चयन गरेको छ ।