Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

गोरखाको गोरखनाथमा २२औं रोट महोत्सव सम्पन्न


1.4K
Shares

गोरखाको गोरखनाथमा २२औं रोट महोत्सव सम्पन्न

गोरखा, १० जेठ । गोरखा सदरमुकामको गोरखा दरर्बार परिषरमा रहेको गोरखनाथ गुफामा भएको २२ औं रोट महोत्सव सम्पन्न भएको छ । सिद्वाश्रम शक्ति केन्द्र नेपालको आयोजनामा बैशाख २९ गतेदेखी जारी महोत्सवको एक कार्यक्रम बिच समापन गरिएको संयोजक रामजी अर्यालले जानकारी दिनुभयो ।

रोट महोत्सव समापन गर्नु पूर्व गुरु गोरखनाथलाई आज बिशेष पूजा अर्जचना गरिएको थियो । ११ दिनसम्म चलेको महोत्सवमा गुरु गोरखनाथलाई १ लाख ६५ हजार ४४६ वटा रोट अर्पण गरिएको केन्द्रका संयोजक अर्यालले बताउनुभयो ।

महोत्सव अवधिभर स्वदेश तथा विदेशबाट गरि करिब ५० हजार श्रद्वालुहरुको सहभागिता रहेको पनि केन्द्रले जनाएको छ । ११ दिनसम्म नै नाथ संप्रादायका योगिहरुद्वारा ध्यूमा तारिएका रोट गुरु गोरखनाथलाई अर्पण गराएर सर्व साधारणहरुलाई प्रसादका रुपमा समेत बितरण गरिएको संयोजक अर्यालको भनाई छ ।

गोरखानाथ गुफामा भएको महोत्सवमा दैनिक ४ हजारदेखी ६ हजारभन्दा बढी मानिसको सहभागिता रहेको गोरखा नाथ गुफाका मुल पुजारी प्रदिप योगिले बताउनुभयो । उहाँले महोत्सव अवधिभर राम्रो संग श्रद्वालु भक्तजनहरुलाई प्रदान समेत दिन हम्मेहम्मे परेको जानकारी दिनुभयो ।

शक्ति केन्द्रले विगत २०६१ सालदेखी बैशाख पुर्णिमाको अवशर पारेर गुरु गोरखनाथलाई सवालाख रोट अर्पण गर्दै आएको छ । केन्द्रले समस्त मानव तथा विश्व शान्तिको कामना गर्दै रोट महोत्सवका आयोजना गर्दै आएको छ ।

रोट महोत्सवमा श्रद्वालु भक्तजनहरुको यो नै अहिलेसम्मको ठुलो सहभागिता रहेको भन्दै केन्द्रका विन्देवरी वरालले आगामी दिनमा हुने २३औं रोट महोत्सवलाई अविस्मरणीय बनाउने प्रयास हुने बताउनुभयो । उहाँले रोट महोत्सव पूर्ण रुपमा सफल भएको भन्दै आध्यात्मिक रुपमा झनै यो बर्ष सम्झीरहन लायकको भएको जनाउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology