गोरखा, ८ जेठ । गोरखाका पत्रकार बिकास मरहट्टा सामुदायिक रेडियो प्रशारक संघ अकोराबको गण्डकी प्रदेश कार्यसमितिको सदस्य मनोनित हुुनुभएको छ ।
मंगलबार सम्पन्न संघको बैठकले मरहट्टालाई गण्डकी प्रदेश कार्य समितिको सदस्यमा चयन गरेको हो । उहाँ बिगत एक दशकदेखि रेडियो गोरखा र दरौंदी दैनिकमा पत्रिकामा कार्यरत हुनुहुन्छ ।
मरहट्टा नेपाल पत्रकार महासंघ गोरखा शाखाका उपाध्यक्ष पनि हुनुहुन्छ ।