Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

यार्सा सङ्कलन गर्न गएका युवाको मृत्यु


1.4K
Shares

यार्सा सङ्कलन गर्न गएका युवाको मृत्यु

जुम्ला, ८ जेठ । यार्सा सङ्कलनका लागि डोल्पा पाटनमा गएका जुम्लाका एक युवकको मृत्यु भएको छ । गुठीचौर गाउँपालिका–१ मणि साँघुका भीमबहादुर बोहराको बुधवार लेक लागेर मृत्यु भएको स्थानीयले बताएका छन् ।

यता जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार डोल्पा जिल्लाको जगदुल्ला गाउँपालिका–१ जगदुल्ला मध्यवर्ती पाटनमा गएका बेला उहाँलाई लेक लागेको प्रारम्भिक खबर आएको छ ।

लेक लागेर बिरामी भएका भीमबहादुरलाई घर ल्याउँदै गर्दा गुठिचौर गाउँपालिका १ लेकमा बाटोमै मृत्यु भएको जानकारी आएको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायव उपरीक्षक रविन बाबु रेग्मीका अनुसार आफन्तले दिएको जानकारी अनुसार बोहराको मृत्यु भएको छ, तर के कसरी घटना भएको हो ।

प्रहरीको टिम त्यहाँ पुगेपछि थाहा हुन्छ । घटना थाहा पाएपछि उहाँले प्रहरी निरीक्षक रोहित रसाईलीे सहितको टिम त्यहाँ गइरहेको छ । केही समयमा टोली त्यहाँ पुगेपछि थाहा हुन्छ ।

स्थानीयका अनुसार बोहरालाई बुधवार दिउँसो २ बजे लेक लागेको थियो । उपचारका लागि घर ल्याउने क्रममा उहाँको मृत्यु भएको हो । डोल्पा पाटन यार्सा सङ्कलनका लागि जेठ ५ गते नै खुलेको थियो । यार्सा सङ्कलनका लागि पातारासी गाउँपालिका र गुठिचौर जुम्लाका अधिकांश युवा अहिले पाटनतिर लागेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology