Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

सबैभन्दा बुद्धि नभएका डाक्टर बाबुराम : अध्यक्ष प्रचण्ड


1.9K
Shares

सबैभन्दा बुद्धि नभएका डाक्टर बाबुराम : अध्यक्ष प्रचण्ड

काठमाडो, ८ जेठ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डुले नेपाल समाजवादी पार्टी नयाँ शक्तिका अध्यक्ष बाबुराम भट्टराईलाई सबैभन्दा बुद्धि नभएका डाक्टरु भन्नुभएको छ । बुधबार रूकुम पूर्वमा आयोजित पत्रकार सम्मेलनमा बाबुराम भट्टराईसँग पार्टी एकताबारे सोधिएको प्रश्नमा अध्यक्ष प्रचण्डले बाबुरामलाई सबैले ुबुद्धि नभएको डाक्टरु भनेर चिन्ने बताउँदै एकता सम्भव नभएको बताउनुभएको छ ।

ुसबैभन्दा बुद्धि नभएको डाक्टर भनेर चिन्छन् मान्छेले । त्यस्तासँग के गरी एकता गर्ने ? उहाँले भन्नुभयो । उहाँले पार्टी एकता गर्ने भनेरै अघिल्लो निर्वाचनमा आफू गोरखाबाट लडेको बताउनुभयो ।

‍ुगोरखाबाट लड्दा नारायणकाजी कमरेड, म, बाबुराम लगायतले अब यो चुनाव मात्रै होइन पार्टी पनि एउटै बनाउने भनिएको थियो। तर उहाँ पछि कम्युनिस्टको नाम सुन्न चाहनुभएन । कम्युनिस्ट पार्टीको नाम राख्ने हो भने म एकता गर्दिनँ भनेपछि के गर्ने ? बाबुरामका लागि मर्ने ? प्रचण्डले भन्नुभयभो

उहाँले बाबुराम खिइँदै खिइँदै गएर प्रतिक्रियावादीसँग मिल्न गएको आरोप पनि लगाउनुभयो । ुकम्युनिस्ट पार्टी नभन्ने, मार्क्सवाद नभन्ने रे त्यस्तोसँग के गरी एकता गर्ने? खिइँदा खिइँदै अब त पूरै प्रतिक्रियावादीसँग गएर मिल्नुभएको छ। प्रतिक्रियावादीले पनि पत्याउँदैनन् आजभोलि । हाँसोको पात्र भएका छन् बाबुराम देशभरि । कस्तो बुद्धि नभएको डाक्टर,ु प्रचण्डले भन्नुभयो । उहाँले बाबुरामसँग भएकाहरू माओवादी केन्द्रमा फर्किने दाबी गर्नुभयो ।

ुएकता गर्नेजतिसँग त गर्ने भइयो नी गंगानारायण श्रेष्ठ लगायतका उहाँसँग भ्रममा परेर गएका सबै फर्किँदै हुनुहुन्छ पर्सी । यो एकता होइन त ? बाबुरामलाई के गरी ल्याउने ? दिमाग चाहिँ ठाउँमा हुनुपर्‍यो । र पो ल्याउन सकिन्छ,ु अध्यक्ष प्रचण्डले भन्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology