Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

गोरखामा बाख्रा चराउन गएको १ जना बृद्वको करेन्ट लागेर मृत्यु


1.8K
Shares

गोरखामा बाख्रा चराउन गएको १ जना बृद्वको  करेन्ट लागेर मृत्यु

गोरखा, ८ जेठ । गोरखामा हिजो करेन्ट लागेर १ जना बृद्वको मृत्यु भएको छ । मृत्यु हुनेमा भिमसेन थापा गाउँपालिका–४ धावा चौतारा निवासी ७० बर्षिय बलराम बिक भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरिक्षक एवं सूचना अधिकारी ईन्द्र प्रसाद सुवेदीले जानकारी दिनुभयो ।

बुधबार बिक बारीमा बाख्रा चराउने क्रममा हाइटेन्सन लाइनको पोलमा सर्पोटका लागी राखिएको तार छुन पुग्दा करेन्ट लागेर घटना स्थलमा नै मृत्यु भएको उहाँले बताउनुभयो ।

नेपाल बिद्युत प्राधिकरण गोरखा, बितरण केन्द्रको लापरर्वाहीबाट ज्यान गुमाएका परिवारले बितरण केन्द्रले उचित क्षती पूर्ति दिुन पर्ने माग राखेका छन् ।

दिउसो २ः२० बजे भएको उक्त घटना पछी प्रहरीले घटनाको अनुन्धान सुरु गरेको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology