Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

धार्चे गाउँपालिकामा महिलाको क्षमता अभिद्धिको लागी दिईएको डकर्मी तालिम सम्पन्न


1.6K
Shares

धार्चे गाउँपालिकामा महिलाको क्षमता अभिद्धिको लागी दिईएको डकर्मी तालिम सम्पन्न

गोरखा, ७ जेठ । उत्तरी गोरखाको धार्चे गाउँपालिकामा डकर्मी तालिम सम्पन्न भएको छ । महिलाहरुको क्षमता विकास गर्ने र आयआर्जन गरी आत्मनिर्भर गराउने उद्देश्यले दिईएको एक हप्ते आधारभूत डकर्मी तालिम सम्पन्न भएको गाउँपलिकाका प्रमुख प्रशासकीय अधिकृत काजीमान सुनारले जानकारी दिनुभयो ।

तालिममा पालिका भित्रको सातै वटा वडाबाट ३४ जना महिलाहरुको सहभागिता रहेको उहाँले बताउनुभयो । तालिम महिलाका लागि लक्षित गरेर संचालन गरिएकाले गाउँपालिकाले जनाएको छ । महिलाहरुलाई गारो तथा पर्खाल लगाउने, प्लास्टर गर्ने, काठ चिर्ने लगायत डकमीं सीपहरु सिकाइएको प्रमुख प्रशासकीय अधिकृत सुनारले बताउनुभयो ।

सामान्य पर्खाल लगाउने, प्लास्टर गर्ने काम महिलाहरुले पनि सजिलै गर्न सक्छन् । पालिका भित्र संचालन हुने ठुला तथा साना योजनाहरुमा महिलाहरुको सहभागिता बढाएर उहाँहरुको जीविकोपार्जन बढाउने पालिकाको उदेश्य रहेको छ ।

पालिका भित्र हुने विकास निर्माणका योजनाहरुमा बाहिरबाट कामदार मगाउनुपर्ने बाध्यता रहेकाले महिला लक्षित कार्यक्रम सञ्चालन गरेको प्रमुख प्रशासकीय अधिकृत सुनारले बताउनुभयो ।

अहिले पुरुषहरु प्राय वैदेशिक रोजगारीमा जाने, गाउँमा प्राय महिलाहरु धेरै हुने भएकाले पनि महिलाहरुलाई आत्मनिर्भर गराउन र कामका लागि आवश्यक जनशक्ति तयार गर्न सो तालिम आवश्यक रहेको बताइएको छ ।

डकर्मीको काम महिलाहरुले पनि सजिलै गर्न सक्ने भएकाले तालिमका लागि पालिकाले महिलाहरुलाई बढी जोड दिएको प्रमुख प्रशासकीय अधिकृत सुनारले बताउनुभयो ।

जेठ १ गते बिहिबारबाट सुरु भएको तालिम आज एक कार्यक्रमका बिच सम्पन्न भएको हो । तालिमको लागी पालिकाले रु १६ लाख रुपैँया बिनियोजन गरेर डकर्मी सीप विकास तालिम संचालन गरेको गाउँपलिकाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology