Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

गोरखामा ७३२ हेक्टरमा चैते धानको खेती, ३५ सय मेट्रिक टन उत्पादन हुने अनुमान


2.2K
Shares

गोरखामा ७३२ हेक्टरमा चैते धानको खेती, ३५ सय मेट्रिक टन उत्पादन हुने अनुमान

गोरखा, ७ जेठ । गोरखामा यस बर्ष किसानहरुले ७३२ हेक्टर जमिनमा चैते धानको खेती गरेका छन् । गत बर्षको तुलनामा यो बर्ष ७ हेक्टर बढी जमिनमा चैते धानको खेती भएको कृषि ज्ञान केन्द्र गोरखाका बरिष्ठ कृषि अधिकृत प्रकाश बस्ताकोटीले बताउनुभयो ।

‘गत बर्ष किसानले ७२५ हेक्टर जमिनमा मात्र चैते धान खेती गरेका थिए’, उहाँले भन्नुभयो ‘यो बर्ष ७३२ हेक्टर जमिनमा खेती भएको छ ।’ अधिकृत बस्ताकोटीका अनुसार गत बर्ष ७२५ हेक्टर जमिनमा ३ हजार १२५ मेट्रिक टन धान उत्पादन भएको थियो भने यो बर्ष ३ हजार ४३७.५ मेट्रिक टन धान उत्पादन हुने अनुमान गरिएको उहाँले जानकारी दिनुभयो ।

‘गत बर्ष ३ हजार १२५ मेट्रिक टन चैते धान उत्पादन भएको थियो’, उहाँले भन्नुभयो ‘यो बर्ष भने हामीले करिब ३ हजार ५०० मेट्रिक टन उत्पादन हुने अनुमान गरेका छौ ।’

गत बर्षभन्दा यो बर्ष ज्ञान केन्द्रले चैते धान खेतीका प्रवर्धनका लागी उन्नत जातको बिउ प्रयोगमा जोड दिइनुका साथै सिंचाई कुलो मर्मत र कृषि यान्त्रिकरमा समेत सहयोग गरेकोले पनि उत्पादनमा बृद्वि हुने अनुमान गरिएको अधिकृत बस्ताकोटीले जानकारी दिनुभयो ।

गोरखाको दरौैैंदी नदी किनारको आसपास, छेवेटार फाँट, बोहरा बेशी, झोलुङ्गे फाँट, नयाँ साँधु र निवेल तथा भुसुण्डीं, ज्यादुल खोला र लुदी खोलाको आसपास एवं आरुटार चैते धानको लागी पकेट क्षेत्र मानिदै आएको छ । जिल्लाको अन्य क्षेत्रमा पनी चैते धानको खेती हुने भएता पनि यो क्षेत्रलाई ज्ञान केन्द्रले बिशेष क्षेत्रको घोषणा गर्दै आएको छ ।

यी क्षेत्रमा किसानहरुले हर्दिनाथ–१, कञ्चन र चैते–५ जातीको धान खेती हुने गरेको छ । ज्ञान केन्द्रका अनुसार किसानमा हर्दिनाथ लोक प्रिय भएता पनी पछिल्लो समय उत्पादन धेरे हुने र खाना खादा पनी मिठास आउने चैत–५ को खेती गर्न किसानलाई प्रोत्साहित गर्न थालिएको छ ।

यो बर्ष उन्नत जानको प्रकोप, अनुकुुल मौसम र राम्रो बाली ब्यवस्थापन भएका कारण गत बर्षको तुलनामा १० प्रतिशतले उत्पादनमा बृद्वि हुने अनुमान गरिएको अधिकृत बस्ताकोटीले बताउनुभयो ।
किसानले लगाएको चैते धान आउदो असारको पहिलो देखी दोस्रो सातासम्म उत्पादन लिइ सक्ने कृषि ज्ञान केन्द्र गोरखाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology