Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

गोरखामा आज र भोली बिद्युत अबरुद्व हुने


1.3K
Shares

गोरखामा आज र भोली बिद्युत अबरुद्व हुने

गोरखा, ५ जेठ । गोरखमा दुईदिन बिद्युत अबरुद्व हुने भएको छ । २ दिनसम्म लगातार काम गर्दा पनी काम नसकिएकोभन्दै पुनः २ दिनको लागी गोरखा सदरमुकामको दलभञ्ज्याङ्ग र लक्ष्मी बजार क्षेत्रमा बिद्युत अबरुद्व हुने भएको हो ।

नेपाल बिद्युत प्राधिकरण, बिद्युत बिरतण केन्द्र गोरखाले हिजो पुनः सूचना प्रकाशन गर्दै जेठ ६ र ७ गते ति क्षेत्रमा बिद्युत अबरुद्व हुने जानकारी गराएको छ ।

सदरमुकामबाट जाने ११ केभि को बुंकोट फिडरको मर्मतको काम नसकिएकोभन्दै आज र भोली पुनः बिद्युत अबरुद्व हुने भएको जनाएको छ ।

बितरण केन्द्र द्वारा जारी सूचनामा ‘११ के।भि। बुङ्गकोट फिडरमा पूर्व प्रकाशित सूचना अनुसारका लाईन मर्मत तथा सुधार कार्यहरु सम्पन्न भै नसकेकाले मिति २०८२÷०२÷०६ र २०८२÷०२÷०७ गतेका दिन बिहान ११ः०० बजेदेखी साँझ ५ः०० बजेसम्म उक्त फिडरबाट बिद्युत बितरण भएका स्थानहरु दलभञ्ज्याङ र लक्ष्मीबजारमा विबद्युत सेवा अबरुद्व हुने’ भनिएको छ ।

उक्त सूचनामा ‘उल्लेखित समय अगावै कार्य सम्पन्न भएका तत्काल बिद्युत सप्लाई सूचारु गरिने तथा मौसम प्रतिकुल भई कार्य गर्न सम्भवन नभएमा बिद्युत सेवा अबरुद्व नहुने’ समेत भनिएको छ ।

बिरतण केन्द्रले ग्राहक बर्गहरुमा पर्नजाने असुविधा प्रति नेपाल बिद्युत प्राधिकरण गोरखा बितरण केन्द्र क्षमाप्रार्थी छ समेत भनेको छ । यस अधि पनी उक्त क्षेत्रमा जेठ ४ र ५ गते २ दिन बिद्युत सप्लाई बन्द गरेर मर्मत कार्य गरेको भएता पनी काम नभएको भन्दै पुनः मर्मतको लागी भन्दै बिद्युत सेवा बन्द गरेर काम थालेको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology