Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

७० करोड लगानीमा गोरखामा नयाँ पोल्ट्री फार्म ल्याउँदै व्यवसायी गुणचन्द्र विष्ट


2.3K
Shares

७० करोड लगानीमा गोरखामा नयाँ पोल्ट्री फार्म ल्याउँदै व्यवसायी गुणचन्द्र विष्ट

काठमाडौं, ५ जेठ । अभिनाश ग्रुपका संस्थापक गुणचन्द्र विष्टले ७० करोड रुपैयाँ लगानीमा गोरखामा नयाँ अत्याधुनिक पोल्ट्री फार्म सञ्चालनमा ल्याउने तयारी गरेका छन् । ग्रुपअन्तर्गतको अविनाश आर्बर एक्र नेपाल आन प्रालिले गोरखा नगरपालिकाको वीरेनचोकमा पोल्ट्री फार्म सञ्चालनमा ल्याउन लागेको हो ।

निर्माणाधीन पोल्ट्री फार्म २०० रोपनी क्षेत्रफलमा फैलनेछ । ६ अत्याधुनिक पोल्ट्री हाउस निर्माण गरिनेछ ।

फार्ममा स्वचालित प्रविधिबाट कुखुरालाई दाना खुवाउने, अन्डा पार्ने र प्रकाशसहितको सुविधा हुनेछ । गएको वैशाखसम्म समग्र परियोजनाको प्रगति ५६ प्रतिशत पुगेको अभिनाश ग्रुपले जनाएको छ ।

पोल्ट्री फार्म सन् २०२६ ९आउँदो पुसभित्र०को सुरुमा निर्माण सकाएर सञ्चालनमा ल्याउने तयारी छ । यसको कुल अनुमानित लागत ६९ करोड ९० लाख रुपैयाँ छ । २८ प्रतिशत स्वपुँजी ९इक्विटी० र ७२ प्रतिशत बैंकको ऋण हुने गरी लगानी संरचना बनाइएको छ ।

कुखुरापालन व्यवसायमा समय–समयमा बर्ड फ्लु, एच फाइभ एनवान इन्फ्लुएन्जा भाइरसजस्ता प्रकोपले उद्योग जोखिममा पर्दै आएको छ ।

नेपाल कुखुराको मासुमा आत्मनिर्भर हुनुका साथै माग बढ्दो छ । बढ्दो सहरीकरण, जीवनशैलीमा परिवर्तन र स्वास्थ्य चेतनामा वृद्धिका कारण प्रशोधित र स्वच्छ रूपमा उत्पादित कुखुराको मासुको खपत निरन्तर बढिरहेको उद्योगले जनाएको छ ।

बेल्जियममा निर्मित पिटरसाइन सिग्नल स्टेज इन्क्यूबेटर प्रयोग गरेर पूर्वी नवलपरासीमा ह्याचिङ सञ्चालन गरिने उद्योगले जनाएको छ । फार्ममा अन्डा ग्रेडिङ र सर्टिङ पोइन्ट प्रणाली हुनेछ ।

कुखुरापालन व्यवसायलाई थप विस्तार गर्न विष्टले सन् २०२० मा आन स्थापना गरेका हुन् । उद्योगमा विष्टको ७० प्रतिशत हिस्सा छ । उद्योग सञ्चालकमा टीकाराम पोखरेल र कपिलबाबु खनाल छन् । आनले ७२ करोड २५ लाख रुपैयाँ ऋणको रेटिङ गराएको छ ।

०४६ सालमा अविनाश ह्याचरीको स्थापना गरेका विष्टले पछिल्लो समय एलपीजी, ऊर्जा र व्यापारमा लगानी विस्तार गरिरहेका छन् । विष्टद्वारा सञ्चालित अभिनाश मुलुककै पहिलो नम्बरको पोल्ट्री फार्म बनेको छ ।

अविनाश समूहअन्तर्गत अविनाश ह्याचरी, अविनाश फार्म र गौरीशंकर एग्रो इन्डस्ट्रिज सञ्चालनमा छन् । गौरीशंकर एग्रो इन्ड्रस्ट्रिजले सबै किसिमको जनावरका निम्ति दाना उत्पादन गर्दै आएको छ ।

 

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology