Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

बेनीघाट आरुघाट लार्केभन्ज्याङ सडक अनिश्चितकालका लागि बन्द


2.2K
Shares

बेनीघाट आरुघाट लार्केभन्ज्याङ सडक अनिश्चितकालका लागि बन्द

गोरखा, २ जेठ । बेनीघाट(आरुघाट(लार्केभन्ज्याङ सडक अन्तर्गत तातोपानीदेखि दोभानसम्म अनिश्चितकालका लागि सडक बन्द हुने भएको छ । धार्चे गाउँपालिका(३ तातोपानी नजिकैको उकालो सडकको लेबल मिलाउन ब्लास्टिङ गर्नुपर्ने भएकाले जेठ ७ गतेबाट सडक अवरुद्ध हुने धार्चे गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङले जानकारी दिनुभयो ।

उहाँका अनुसार उत्तरी गोरखा जाने एकमात्र मुख्य सडक भएकाले आन्तिरिक तथा बाह्रय पर्यटकहरुलाई मध्येजनर गर्दै बिहीबार गाउँपालिकाले सुचना जारी गरेको उहाँले बताउनुभयो ।

गोरखाको ऐतिहासिक तथा पर्यटकिय स्थल मनास्लु पदमार्ग पुग्ने सडकमा सवारी आवगमनमा पूर्ण रूपमा बन्द गरिएकाले वैकल्पिक मार्गको खोजी गरी सवारी साधन सञ्चालन गर्न धार्चे गाउँपालिकाले आग्रह गरेको छ ।

वैशाख र जेठ महिनामा उत्तरी गोरखाका विभिन्न ठाउँहरूमा पर्यटक सडक बाटो भएर मनास्लु क्षेत्र पुग्ने आन्तिरिक पर्यटकहरू अत्याधिक मात्रामा आवतजावत गर्ने मुख्य सडक बाटो भएकाले पनि सडक मर्मत गरी सुचारु गर्न लागिएको धार्चे गाउँपालिकाले जनाएको छ ।

प्रसिद्ध पर्यटिकय स्थल मनास्लु क्षेत्रमासम्म आवतजावत गर्न अर्को सुचना जारी नभएसम्म उक्त सडक खण्डमा सवारी आवतजावतमा पूर्ण रूपमा बन्द रहने पालिकाका निर्मित प्रमुख प्रशासकिय अधिकृत विनायक तिमिल्सेनाले बताउनुभयो ।

उक्त क्षेत्रमा हुने सडक अबरुद्धका कारण धार्चे गाउँपालिका–१ हुल्चुक, ३ नम्बर वडा उहिया र समग्र चुमनुब्रीवासीहरू प्रभावित हुने छन् । सडक अवरुद्धका कारण पर्यटक तथा सर्वसाधरणमा पर्न गएको असुविधाप्रति पालिकाले सुचना मार्फत क्षमा समेत मागेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology