Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

छोराले गरे बुवाको हत्या


1.6K
Shares

छोराले गरे बुवाको हत्या

लमजुङ, १ जेठ । लमजुङको मर्स्याङ्दी गाउँपालिका–४ मा छोराले आफ्नै बुवाको हत्या गरेका छन् । बुधवार बिहान ५७ वर्षीय नवराज गुरुङको जेठा छोरा लु बहादुरले हत्या गरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय लमजुङले गुरुङको हत्या आरोपमा उनका छोरा लु बहादुरलाई पक्राउ गरेको जानकारी दिएको छ । वैशाख ३० गते बिहान करिब ६ बजे नवराज गुरुङको शव आफ्नै घर अगाडि मृत अवस्थामा भेटिएको सूचना प्राप्त भएपछि प्रहरीले घटनास्थलमा तत्काल टोली खटाएको थियो।

प्रारम्भिक अनुसन्धानमा गुरुङको टाउको, आँखासहित शरीरका विभिन्न भागमा गम्भीर चोटपटक लागेको भेटिएको थियो। घटनास्थल र शवको अवस्थाले अस्वाभाविक मृत्यु भएको शङ्का लागेपछि थप अनुसन्धान गर्दा मृतकको छोराले हत्या गरेको खुलेको प्रहरी नायव उपरीक्षक रमेश बोहोराले जानकारी दिनुभयो ।

अनुसन्धानका क्रममा मृतकका जेठा छोरा २३ वर्षीय लु बहादुर गुरुङले राति बुवा र आफूबिच घरायसी विषयमा भनाभन हुँदा लाठी प्रहार गरी बुवाको हत्या गरेको बयान दिएका छन्। बयान र प्रमाणको आधारमा उनलाई नियन्त्रणमा लिई कर्तव्य ज्यान ज्यानसम्बन्धी कसुर मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख डिएसपी रेसम बोहोराले जानकारी दिनुभयो ।

उनी विरुद्ध जिल्ला अदालत लमजुङबाट सात दिनको म्याद थप अनुमति लिएर थप अनुसन्धान प्रक्रिया अघि बढाइएको सूचना अधिकारी प्रहरी निरीक्षक राज किशोर साह तेलीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology