गोरखा, १ जेठ । गोरखामा एक जना पुरुष मृत्त फेला परेका छन् । आरुघाटका कृण्ण प्रसाद खनाल भिमसेन थापा गाउँपालिका–३ को ठुलो पाखा बस्ने स्थानमा आज मृत्त फेला परेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरिक्षक एवं सूचना अधिकारी ईन्द्रप्रसाद सुवेदीले जानकारी दिनुभयो ।
४६ बर्षिय खनाल बसाइसराई गरेर चिवन बस्दै आउनुभएको थियो, तर ८ महिना देखी आरुघाट गाउँपालिका–८ ढाडगाउँमा रहेकी आफ्नी बहिनी संगै बस्दै आएको स्थानीयले बताएका छन् । बाटोमा हिड्दै गर्दा आज बिहान लडेर ज्यान गुमाएको सूचना अधिकारी सुवेदीले बताउनुभयो । घटनाको थप अनुसन्धान सुरु गरेको गोरखा प्रहरीले जनाएको छ ।