Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

प्रसिद्ध धार्मिकस्थल गोरखानाथ मन्दिरमा सवा लाख रोट महोत्सव सुरु


1.9K
Shares

प्रसिद्ध धार्मिकस्थल गोरखानाथ मन्दिरमा सवा लाख रोट महोत्सव सुरु

गोरखा, २८ बैशाख ः नेपालको प्रसिद्ध धार्मिकस्थलको रुपमा रहेको गोरखाको गोरखनाथ मन्दिरमा आजदेखि सवा लाख रोट महोत्सव सुरु भएको छ । विश्व शान्तिको कामनासहित सिद्धाश्रम शक्ति केन्द्र नेपालको आयोजनामा जिल्लामा धार्मिक पर्यटक भित्र्याउने उद्देस्य सहित २२ औं सवा लाख रोट महोत्सव सुरु भएको हो ।

रोटलाई गुरु गोरखानाथको मनपर्ने खाद्यपरिकारको रुपमा लिइन्छ । एघार दिनसम्म चल्ने महोत्सवको उद्घाटन कार्यक्रमको अवसरमा सदरमुकामको हरमटारी चोकदेखि गोरखा दरबारस्थित गोरखानाथ गुफासम्म कलश तथा रथयात्रा निकालिएको सिद्धाश्रम शक्ति केन्द्र गोरखाका संयोजक किशोर कुमार अकेलाले जानकारी दिनुभयो ।

त्यस्तै स्थानीय कला, संस्कृति र पहिचान झल्कने खालका झाँकी सहितको ¥याली समेत निकालिएको उहाँको भनाई छ । ‘‘गोरखानाथको मन्दिरमा रोट दैनिकरुपमा चढाउने प्रचलन रहेपनि गएको २२ बर्षदेखि यसलाई महोत्सवको रुपमा अगाडी बढाउन थालिएको छ, उहाँले भन्नुभयो, ‘‘महोत्सव अवधीभर गोरखनाथलाई सवा लाख रोट चढाउने गरिन्छ ।’’

गोरखनाथ पृथ्वीमा पहिलोपटक गोरखाको पवित्रस्थल गोरखानाथ गुफामा प्रकट भएको विश्वास रहेकाले गोरखाको गोरखनाथ मन्दिरमा रोट चढाउने प्रचलन रहदै आएको छ ।

‘‘चामलको पिठो, नरिवल, ल्वाङ, अलैँची, चिनी लगायतका ५२ प्रकारका मसला ध्यूमा मिसाएर ध्यूमा पकाइन्छ, संयोजक अकेलाले भन्नुभयो, ‘‘सानो आकारमा तयार गरिने रोट नाथ प्रजातीका व्यक्तिले शुद्ध भएर मन्त्र जप गरी बिचको भागमा उठाएर बनाइएको हुन्छ ।’’

तत्कालिन नेपाल एकिकरणका समयमा पृथ्वीनारायण शाहले आफ्ना सेनालाई प्रसादको रुपमा एउटा रोट र एकमाना पानी खुवाएपछि भोक नलागेको र लामो समय लडाई लड्न सकेको भन्ने भनाई समेत रहेको पाइन्छ । त्यसैले रोटलाई शक्तिबद्र्धन खाद्य परिकारको रुपमा समेत लिइन्छ ।

महोत्सवमा आउने धार्मिक पर्यटकका लागि आयोजकले नै खाने, बस्ने व्यवस्था मिलाएको उहाँले बताउनुभयो । यसपटक करिब ५० हजार भन्दाबढी धार्मिक पर्यटक महोत्सवमा सहभागी हुने अनुमान गरिएको छ । महोत्सव सम्पन्न गर्न रु २५ लाख रुपैया खर्च लाग्ने संयोजक अकेलाले जानकारी दिनुभयो ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology