Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

गोरखामा भोलीबाट २२ औं सवालाख रोट महोत्सव सुरु हुने


1.8K
Shares

गोरखामा भोलीबाट २२ औं सवालाख रोट महोत्सव सुरु हुने

गोरखा, २८ बैशाख । गोरखा दरर्वार परिषरमा रहेको गोरखानाथ मन्दिरमा भोलीबाट सुरु हुने २२ औं सवालाख रोट महोत्सवको सुरु हुने भएको छ । महोत्सवको सबै तयारी पुरा भएको सिद्वाश्रम शक्ति केन्द्र नेपालका संयोजक रामजी अर्यालले बताउनुभयो ।

महोत्सवमा सहभागी हुन आउने श्रद्वालु भक्तजनहरुको आवास, खाना र रोटका सबै सामाग्रीहरु महोत्सव स्थलमा आईपुगेको पनि उहाँले बताउनुभयो। ‘आन्तुकहरुको लागी बस्ने आवास र खाना खाने ब्यवस्था सबै मिलाएका छौ’ उहाँले भन्नुभयो ‘गोरखनाथलाई चढाउने रोटको सबै सामाग्री आईसकेको छ ।’

अहिले गुरु गोरखानाथका साथै माता गोरखकालीको मन्दिरलाई सिंगार्ने काम भई रहेको छ । त्यसका अलावा रोट पकाउने ठाउँको ब्यवस्था तथा आवश्यक पानीको प्रवन्ध समेत भइ सकेको संयोजक अर्यालले बताउनुभयो ।

‘बिगतमा रोट पकाउन पानीको समस्या थियो, अहिले त्यो समस्या समाधान भएको छ’ उहाँले भन्नुभयो ‘आवश्यक पानीको प्रबन्ध साना शहरी खानेपानी तथा सरसफाई उपभोत्ता समितिले र खानेपानी तथा सरसफाई डिभिजन कार्यालयले गरीदिएको छ ।’

रोट पकाउने ठाउँ र श्रद्वालु भक्तजनहरु धेरै हुने हुदा पिठो मुछ्ने पानीदेखी पिउने र सरसफाईको लागी समेत पानीको अभाव हुदै आएको थियो । यस पटक भने त्यो समस्या समाधान भएको संयोजक अर्यालको भनाई छ ।

रोट पकाउनको लागी आवश्यक दाउरा समेत सम्वन्धित स्थानमा पुगी सकेको छ । ‘दाउरा ओसार पसारमा नेपाली सेनाले हामीलाई सहयोग गरेको छ’ संयोजक अर्यालले बताउनुभयो ।

कार्यक्रम अनुसार भोली बिहान ८ः३० बजे गोरखा सदरमुकामको बैंक रोडमा रहेका सिद्वाश्रम शक्ति केन्द्रबाट ¥र्याली हुने छ । ¥र्यालीमा कन्याहरुले कलश लिएर हिड्ने छन् भने गुरु गोरखनाथको रथ समेत ¥र्यालीमा सहभागी हुने छ ।

सोही ¥र्यालीमा विभिन्न जात जातीका बाजा गाजाका साथै झाँकीहरु समेत सहभागी भएर गोरखा बजारको पुरानो बसपार्क–पदेली–ठुलो आँगन–सतिपिपल–रामशाह चौतारो हुदै गोरखा दरर्बारमा रहेको गुरु गोरखनाथको मन्दिर पुगेर ¥र्यालीको समापन हुने छ ।

¥र्याली समापन हुनु पूर्व गुरु गोरखनाथको मन्दिर अगाडी झण्डोतोल गरिने छ । त्यस लगत्तै रोट पकाउने काम हुने छ । रोट पाकी सकेपछी साईत हेरेर गुरु गोरखनाथलाई रोट अर्पण गरिने संयोजक अर्यालले बताउनुभयो ।
यो बर्षको महोत्सवमा स्वदेश तथा विदेशबाट ५० हजारभन्दा बढी श्रद्वालु भक्त्तजनहरुले महोत्सवमा सहभागिता जनाउने अनुमान गरिएको छ ।

यस पटकको महोत्सव फरक खालले मनाउने तयारी भईरहेको छ । मानव कल्याण र विश्व शान्तिको कामना गर्दै बिक्रम सम्बत २०६१ सालदेखी नै केन्द्रले गोरखनाथ मन्दिरमा सवालाख रोट अर्पण गर्दै आएको छ ।

विगतदेखी नै गोरखनाथ जयन्तीको अवशर पारेर आयोजना गरीएको महोत्सवमा देशैभरबाट श्रद्वालु भक्तजनहरु आउने गरेका थिए । यो पटक पनी नेपालको धेरै जिल्लाका साथै भारत र अन्य देशका गुरु गोरखनाथका भक्तजनहरुले सहभागिता जनाउने अनुमान गरीएको छ ।

रोट महोत्सवभरी दैनिक स्तुती बन्दना, स्तवन पाठ, हवन, पूजन, रोट अर्पण, गुरु आरती, भजन किर्तन र प्रसाद बितरण हुने सिद्वाश्रम शक्ति केन्द्र गोरखाका संयोजक किशोरकुमार अकेलाले बताउनुभएको छ ।

उक्त दिनमा उभौली पर्व, बुद्व जयन्ती, चण्डेश्वरी जात्रा, चण्डी पूर्णिमा, बैशाख स्नान समाप्ति, कुर्म जयन्ती, पुर्णीमा ब्रत र अन्तराष्ट्रिय नर्स दिवस समेत परेको छ ।

रोट चालम, गहुँ र जौको पिठोमा मसलाहरु मिसाएर बनाएको एक बिशेष परिकार रोट हो । चालम, गहुँ र जौलाई शुद्व मानी ३२ थरिका मसलाहरु जस्तै नरिवल, काजु, किसमिस, अलौंची, ल्वाङ, सुकुमेल, छोकडा, मरिच, दालचिनी, खुदो, मह, घिउ, चिनी जस्ता मसलाहरु हालेर विशेष बिधिद्वारा बनाईन्छ ।

रोट २ प्रकारको हुने गर्दछ । भुङ्ग्रे र ताई रोट । गोलाकार आकृतीको पिठोको मिश्रणलाई पातमा राखेर आगो को भुङ्ग्रो पकाईनेलाई भुङ्ग्रे रोट भनिन्छ । यस्तो रोट सानादेखी ठुला आकारमा पनी तयार गरिन्छ ।

दोस्रो भनेको ताई रोट हो । यो प्रकारको रोटलाई घिउमा तारेर बनाईन्छ । पिठोमा विभिन्न थरीका मसलाहरु हालेर विशेष आकृती अर्थात पृथ्वीको आकारमा सानो सानो गोलाकार बनाएर बनाउने गरिन्छ । यसको बिच भागमा नाभी अर्थात ओमकार राख्ने चलन छ । यसरी विशेष विधिका साथ रोटको बिचमा बनाइएको नाभिलाई ‘शिवलिङ्ग’ पनि भनिन्छ । यस्तो नाभी भुङ्ग्रे रोटमा पनी बनाइने प्रचलन छ । भुङ्ग्रे रोटमा बनाइएको नाभीलाई भने ‘सुमेरु’ भन्ने गरिन्छ ।

नाथ संप्रदायका मानिसहरुले बनाउने रोटमा त्यस्तो आकृती दिदा भने विशेष मन्त्र उच्चारण गनुपर्ने हुन्छ । गुरु गोरखानाथलाई रोट चढाउदा पनी विशेष रोट पूजा गरी मन्त्र सहित रोटको बिचको भाग काटेर चढाइने गर्दछ । स्वादमा अनि नै उत्कृष्ट मानिने यस प्रकारको रोट, रोट महोत्सवमा सबैको आकर्षणको बिषय हुने गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology