Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

मुग्लिन नारायणगढ सडक सुचारु


1.4K
Shares

मुग्लिन नारायणगढ सडक सुचारु

मुग्लिन, २८ बैशाख । सडकमै पल्टिएको ट्रक हटाएपछि मुग्लिन–नारायणगढ सडक खुलेको छ । चितवनको इच्छाकामना गाउँपालिका–५ तुइनखोलामा बिहान ७ बजेतिर पल्टिएको ट्रक हटाउन झण्डै ३ घण्टा लागेको थियो ।

क्रेनको सहायतामा पल्टिएको ट्रक पन्छाएको र सडक एकतर्फी खुलेको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक प्रतिक सिंहले बताउनुभयो ।

मधेस प्रदेश ०३–००१ ख ९८१७ नम्बरको कोइला बोकेको ट्रक बिहान सडकमै पल्टिँदा दुवै तर्फी सडकमा रोकावट आएको थियो । सडक खुलेसँगै रोकिएका गाडी र यात्रु अहिले गन्तब्यतर्फ लागेका छन् । सडक दुईतर्फी खुलाउन र सहज बनाउन अझै केहीसमय लाग्ने प्रहरी निरीक्षक सिंहले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology