Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

गोरखामा मनाइयो ६९ औं मनास्लु हिमाल आरोहण दिवस


2.1K
Shares

गोरखामा मनाइयो ६९ औं मनास्लु हिमाल आरोहण दिवस

गोरखा, २७ बैशाख । गोरखामा ६९ औं मनास्लु हिमाल आरोहण दिवस मनाइएको छ । ट्रेकिङ एजेन्जीस् एशोसिएशन अफ नेपाल टान गण्डकीको आयोजनामा गोरखामा ६९ औं मनास्लु हिमाल आरोहण दिवस मनाइएको हो ।

टान गण्डकीको आयोजनामा गोरखा नगरपालिका – ५ पस्लाङगाउँ होमस्टेमा घरवास तथा ग्रामीण पर्यटन प्रवद्र्धन कार्यक्रम गर्दै ६९ औं मनास्लु हिमाल आरोहण दिवस मनाइएको हो ।

सन् १९५६ मे ९ तारिखका दिन जापानका पर्ततारोही तोसिओ इमानिसी र नेपालका पर्वतारोही ग्लाल्जेन नोर्वु र्शर्पाले पहिलो पटक मनास्लु हिमाल आरोहण गरेका थिए ।

आरोहण दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै गोरखा नगरपालिकाका मेयर कृष्ण बहादुर रानाले गोरखामा इतिहास पढ्न नभएर हेर्नका लागि पर्यटक आउने गरेको बताउनुुभयो ।

‘गोरखा नेपालको इतिहास बोकेको ठाउँ हो, नेपाल एकिकरणका लागि पृथ्वीनारायण शाहले नेतृत्व गरे, गोरखाका जनताले साथ दिए’, मेयर रानाले भन्नुभयो, ‘नेपाल एकिकरण समय किताबमा पढेका आधारमा आन्तरिक पर्यटक गोरखा आउँछन्, गोरखा इतिहास पढ्न होइन, इतिहास हेर्न पर्यटक गोरखा आउँछन् ।’

उहाँले पृथ्वीनारायण शाहले नेपाल एकिकरण गरेर नेपालको राजधानी काठमाडौं सारेपछि गोरखा छायाँमा परेको गुनासो गर्नुभयो । नेपाल एकिकरणपछि पृथ्वीनारायण शाहले नेपालको राजधानी काठमाडौं सारेपछि गोरखा छायाँमा पर्दै आएको छ, उहाँले भन्नुभयाो, ‘ गोरखा सबै क्षेत्रबाट छायाँमा परेपछि पर्यटक प्रवद्र्धन मार्फत गोरखालाई लयमा फर्काउन गोरखा भ्रमण वर्ष घोषणा गरेको छौं, सबैलाई गोरखा घुम्न आउन निम्तो समेत दिन चाहान्छु ।’

उहाँले गोरखा धार्मिक, सांस्कृतिक र प्राकृतिक रुपमा धनी भएकाले गोरखाको समृद्धि पर्यटन क्षेत्रको योगदान महत्वपूर्ण रहेको बताउनुभयो । गोरखा नगरपालिका उपप्रमुख सपना पुनले पोखरा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई गोरखा घुम्न पठाउन आग्रह गर्नुभयो ।

‘पोखरा आउने पर्यटकलाई गोरखा पठाउने काम पर्यटन व्यवसायीले गर्नुपर्छ’, उपप्रमुख पुनले भन्नुभयो, ‘ गोरखा आउने पर्यटक मनास्लु पदयात्रा, लार्के पास सम्म पर्यटक पु¥याउन सके गोरखाको मात्र नभएर देशमो समृद्धिमा सहयोग पुग्छ ।’

उपप्रमुख पुनले मनास्लु , चुमभ्याली पदयात्रा जाने पर्यटक धादिङको मलेखु, आरुघाट जाँदा गोरखा छायाँमा पर्दै आएको बताउनुुभयो । अन्नपूर्ण पदयात्रा सडक सञ्जालले जोडिएपछि आन्तरिक तथा बाह्य पर्यटकले मनास्लु पदयात्रालाई रोज्दै आएका छन् ।

पर्यटन बोर्ड गण्डकीका प्रदेशका प्रमुख मणिराज लामिछानेले गण्डकीका तीन पालिकाले पर्यटन वर्ष घोषणा गरेर पर्यटन प्रवद्र्धनमा सहयोग पु¥याएको बताउनुभयो ।

‘पर्यटन प्रवद्र्धनका लागि गण्डकी प्रदेशका तीन पालिका, पोखरा महानगरपालिका, गोरखा नगरपालिका र बन्दिपुर नगरपालिकाले सन् २०२५ लाई पर्यटन भ्रमण वर्षका रुपमा अगाडि बढाएका छन्’, प्रमुख लामिछानेले भन्नुभयो, ‘पर्यटन भ्रमण वर्षले ग्रामिण पर्यटन प्रवद्र्धनमा थप टेवा पुग्छ ।’ उहाँले मनास्लु हिमाल आरोहणको ७० औ वर्ष भब्य रुपमा मनाउन जापानीज राजदुतावाससँग छलफल गरिरहेको बताउनुुभयो ।

‘जापनीज नागरिकले मनास्लु हिमाललाई जापान हिमालको रुपमा मान्छन् त्यसैले ७० औ मनास्लु हिमाल आरोहण दिवस सामागाउँ नै गएर जापानीज राजदुतावासको उपस्थितिमा मनाउने गरी छलफललाई अगाडि बढाएको छु ।’ उहाँले भन्नुभयो । संसारको ८ हजार मिटरको अग्लो उचाईमा रहेको मनास्लु हिमाल संसारको आठौं र नेपालको सातौं अग्लो हिमाल हो ।

ट्रेकिङ एजेन्जीस् एशोसिएशन अफ नेपाल टान गण्डकीका अध्यक्ष कृष्ण प्रसाद आचार्यले ग्रामिण पर्यटन प्रवद्र्धन गर्नु नै टानको उद्धेश्य रहेको बताउनुुभयो ।
‘टानले स्थापना कालदेखि नै ग्रामिण पर्यटनको प्रवद्र्धनमा काम गर्दै आएको छ, पछिल्लो समय पदमार्ग सडक सञ्जालले जोडिदा पर्यटन व्यवसायमा मर्कामा परेका छन्, अध्यक्ष आचार्याले भन्नुुभयो, ‘टानको नेतृत्वमा पहिलो पटक गोरखामा मनास्लु हिमाल आरोहण दिवस मनाउँदै गर्दा ग्रामिण पर्यटन प्रवद्र्धनको उद्धेश्यसहित आएका छौं ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology