Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

सरकारी जग्गामा कुनै पनी संरचना नबनाउन चुमनुब्री गाउँपालिकाको आग्रह


1.7K
Shares

सरकारी जग्गामा कुनै पनी संरचना नबनाउन चुमनुब्री गाउँपालिकाको आग्रह

गोरखा, २६ बैशाख । उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकाले सरकारी जमिनमा कुनै पनी प्रकारको संरचना नबनाउन अनुरोध गरेको छ ।

पालिकाले हिजो एक सूचना जारी गर्दै सरकारी जग्गा अतिक्रमण गरेर टहरा, होटल तथा खाजाघर, कृषि खेती, गोठ नबनाउ भनेको हो । पालिकाका प्रमुख प्रशासकिय अधिकृत मनोज लामिछानेले जारी गरेको सूचनामा ‘चुमनुब्री गाउँपालिका अन्तर्गत आफ्नो नाममा जग्गाधनी पूर्जा नभएका जग्गामा घर, टहरा, होटल तथा खाजाघर, कृषि खेती, गोठ एवं यस्तै प्रकारका संरचना बनाई सरकारी जगा अतिक्रमण नगर्न÷नगराउनु हुन’ भनेको छ ।

पालिकाको बैशाख १५ गते सोमबार बसेको गाउँ कार्यपालिका बैठकले ‘यदी कोही कसैले सरकारी÷ऐलानी तथा आफ्नो वा हकवालाको नाममा दर्ता नभएको जग्गामा यस्ता किसिमका संरचना निर्माण गरेमा उक्त संरचना नियमानुसार जुनसुकै बखत हटाईने तथा प्रचलित कानुन बमोजिम सरकारी जग्गा अतिक्रमण गरेको कसुरमा कारबाहीका लागि सम्बन्धित निकायमा लेखि पठाईने’ निर्णय गरेको छ ।

सूचनामा ‘सरकारी जग्गा तथा सरकारी संरचना सबैका साझा सम्पत्ति हुन, यी सम्पत्तिको संरक्षण तथा रेखदेख गर्नु संविधानतः सबै नागरिकको आधारभूत कतब्र्य भएको’ भन्दै ‘कर्तब्यपालनामा सबैको सक्रिय भूमिका तथा सहयोगका अपेक्षा गर्दछौ’ भनिएको छ ।

चुमनुब्रीको पर्यटकीय स्थल सामागाउँ र ल्होमा सबैभन्दा बढी सरकारी जमिनमा होटल तथा घरहरु बनेको गाउँपालिकाको तथ्यांकमा देखिन्छ ।

त्यस स्थानमा ब्यती तथा ब्यवसायीहरुले बिना अनुमती करोडौ रुपैयाँ खर्च गरेर भवनका संरचना तयार पारेको पालिकाका प्रमुख प्रशासकिय अधिकृत लामिछानेले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology