Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

भारतसँग द्वन्द्व चलिरहेको समयमा पाकिस्तानी सेनाको नेपाल भ्रमण गराउनु हुँदैनथ्यो ः एनपी साउद


1.6K
Shares

भारतसँग द्वन्द्व चलिरहेको समयमा पाकिस्तानी सेनाको नेपाल भ्रमण गराउनु हुँदैनथ्यो ः एनपी साउद

काठमाडौं, २४ बैशाख । पूर्वपरराष्ट्रमन्त्री एनपी साउदले भारत र पाकिस्तानको द्वन्द्वले छिमेकी देश नेपाललाई गम्भीर प्रभाव पार्ने बताउनुभएको छ । भारतको जम्मु(कस्मिरको पहलगाममा भएको आतंकवादी आक्रमणमा एक नेपालीसहितको २६ जनामृत्यु भएको घटनालाई लिएर दुई देशबीच द्वन्द्व चलिरहेको समयमा पाकिस्तानी सेनाको नेपाल भ्रमण गराउनु उचित नभएको साउदले बताउनुभएको हो ।

विश्वव्यापी आंतकवादी हमलाबाट नेपाली अछुतो रहन नसकेको उहाँको भनाई छ । पहलगामको घटनाले दुई हाम्रो छिमेकी भारत र पाकिस्तानबीच गम्भीर तनाव गराएको उहाँले बताउनुभयो । कांग्रेस सांसद साउदले भन्ननुभयो, ‘विश्वव्यापी आतंकवादीहरूबाट भइरहेका आक्रमणहरूको सिकार हुनबाट नेपालीहरू पनि अछुतो रहन सकेका छैनन्। पहलगाम आतंककारी घटनाले हाम्रो छिमेकी मित्रराष्ट्र भारत र पाकिस्तानबीच गम्भीर तनावको स्थिति उत्पन्न भएको छ।’

नेता साउदले भन्नुनभयो ‘छिमेकमा भएको जघन्य आंतककारी घटना र विशेष परिस्थितिमा छिमेकी पाकिस्तानी उच्चस्तरीय प्रतिनिधि मण्डलले भ्रमण गरेको देखियो। भ्रमण पूर्वनिर्धारित नै भएपनि वर्तमान स्थितिका बारे संवेदनशील भएर कूटनीतिक कौशलताका साथ तत्कालका लागि भ्रमण स्थगन गर्दै उपयुक्त समयको प्रतिक्षा गर्नुपर्ने आवश्यकता थियो ।’

अहिले पूर्वनिर्धारित तालिकाअनुसार पाकिस्तानी सेनाको एक टोली काठमाडौंमा संयुक्त तालिमका लागि आएको छ । उहाँले छिमेकमा युद्धको आगो सल्किरहेको बेला नेपाल सरकारले कूटनीतिक जिम्मेवारी बोध गर्नुपर्ने धारणा राख्नुभयो । साउदले भन्नुभभयो,‘आफ्नै नागरिक आस्थाका आधारमा आतंकको शिकार भएको र छिमेकमा युद्धको आगो सल्किरहेको बेला नेपाल सरकारले कूटनीतिक जिम्मेवारी बोध गरी राष्ट्रिय र अन्तर्राष्ट्रिय दायित्व निर्वाह गर्न सुझाव दिन चाहन्छु।’

भारतले आज पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरका ९ स्थानमा हवाइ हमला गरेको छ । बुधबार राति करिब १स्३० बजे बहावलपुर, मुरिदके, बाग, कोटली र मुजफ्फराबादमा ुअपरेशन सिन्दूरु अन्तर्गत आक्रमण गरिएको भारतले जनाएको छ। पाकिस्तानी सेनाले भारतीय आक्रमणमा दुई बालबालिकासहित सात जनाको मृत्यु भएको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology