Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

अर्थमन्त्री पौडेलद्वारा आगामी बजेटबारे कांग्रेस सभापति देउवासँग परामर्श


1.5K
Shares

अर्थमन्त्री पौडेलद्वारा आगामी बजेटबारे कांग्रेस सभापति देउवासँग परामर्श

काठमाडौँ, २२ वैशाख । उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग आगामी आर्थिक वर्ष २०८२र८३ को बजेटबारे परामर्श गर्नुभएको छ ।

आज बिहान बूढानीलकण्ठस्थित देउवा निवास पुगी उपप्रधानमन्त्री एवम् अर्थमन्त्री पौडेलले कांग्रेस सभापति देउवासँग बजेटबारे परामर्श गर्नुभएको हो ।

त्यस अवसरमा सभापति देउवाले मुलुकको आर्थिक अवस्थालाई दृष्टिगत गरी मितव्ययिता अवलम्बन गर्न र स्रोतको अधिकतम सदुपयोग हुनेगरी बजेट निर्माण गर्न सुझाव दिनुभएको अर्थमन्त्री पौडेलको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology