Nagarik Sawal

२०८३ कार्तिक १५ शनिबार

२०८३ कार्तिक १५ शनिबार

गोरखाका माओवादी सांसद सुनारले भने, पूर्वराजा ज्ञानेन्द्र शाहलाई तुरुन्त गिरफ्तार गर


1.4K
Shares

गोरखाका माओवादी सांसद सुनारले भने, पूर्वराजा ज्ञानेन्द्र शाहलाई तुरुन्त गिरफ्तार गर

काठमाडौं, २२ बैशाख । नेकपा माओवादी केन्द्रका सांसद भुवनबहादुर सुनारले पूर्वराजा ज्ञानेन्द्र शाहलाई तुरुन्तै गिरफ्तार गर्न माग गर्नुभएको छ ।

राष्ट्रिय सभाको आइतबार बसेको बैठकको शून्य समयमा बोल्दै उनले सरकारले पूर्वराजा ज्ञानेन्द्र शाहलाई गिरफ्तार गर्न ढिलाइ गरिरहेको भनेर पनि प्रश्न उठा उनुभयो ।

‘‘ चैत १५ गते तीनकुनेमा उत्पात मच्चाउने घटनाको माइक्रो म्यानेजमेन्ट मिलाउने ज्ञानेन्द्र शाहलाई तुरुन्त गिरफ्तार गर्नुपर्ने थियो । सरकार अहिलेसम्म के हेरेर बसेको छ ?’ उहाँले प्रश्न गर्नुभयो, ‘सरकारले किन ढिलासुस्ती गरेको हो ?’

पूर्वराजा शाहलाई कारबाहीको दायरामा ल्याउन उहाँले पुनः आग्रह गर्नुभयो । गत १५ चैतमा तीनकुनेमा निर्णायक आन्दोलन भनेर राजतन्त्र पक्षधरहरूले प्रदर्शन गरेका थिए । हिंसात्मक भएको प्रदर्शनमा २ जनाको ज्यान गएको थियो ।

निजी सम्पति, राजनीतिक दलका कार्यालय, व्यापारिक केन्द्र, सवारीसाधन र सार्वजनिक सम्पत्तिमा तोडफोड र आगजनी भएको थियो । सञ्चारमाध्यमका कार्यालयमा समेत तोडफोड र आगजनीका प्रयास भएका थिए ।

यस्तो कार्यको माइक्रो म्यानेजमेन्ट पूर्वराजा ज्ञानेन्द्र शाहले गरेको माओवादी सांसद सुनारले दावी गर्नुभयो । यसकारण पूर्वराजा ज्ञानेन्द्रलाई कारबाहीको दायरामा ल्याउनुपर्ने उहाँको आग्रह छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology