Nagarik Sawal

२०८३ कार्तिक १५ शनिबार

२०८३ कार्तिक १५ शनिबार

रेशम चौधरी पक्राउका लागि पत्र काट्ने सर्वोच्चका शाखा अधिकृत पक्राउ


1.6K
Shares

रेशम चौधरी पक्राउका लागि पत्र काट्ने सर्वोच्चका शाखा अधिकृत पक्राउ

काठमाडौँ, १७ वैशाख । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई पक्राउ गर्न पत्र काट्ने सर्वोच्च अदालतका शाखा अधिकृत महिमानसिंह विष्ट पक्राउ परेका छन्।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक दिनेशकुमार आचार्यले विष्ट पक्राउ परेको जानकारी दिनुभयो । उहाँका अनुसार यसअघि चौधरी पक्राउका लागि पत्र लेख्ने विष्टमाथि अनुसन्धान गर्न सर्वोच्च अदालतबाट आदेश जारी भएको थियो ।

प्रवक्ता आचार्यले भन्नुभयो, “पत्र काट्ने मान्छेमाथि अनुसन्धान गर्न सर्वोच्च अदालतबाट आदेश आएको हो ।” बुधबार दिउँसो नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीबिचको पार्टी एकता घोेषणा सभामा पुग्नुभएका चौधरीलाई सर्वोच्चको फैसला बमोजिम भन्दै प्रहरी पक्राउ गरेको थियो।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology