काठमाडौ, १६ बैशाख । नेपाल शिक्षक महासङ्घ र सरकारबीचको वार्ता सकारात्मक भएको शिक्षा मन्त्री रघुजी पन्तले दाबी गर्नुभएको छ । गएको मध्यरातसम्म भएको छलफल सकारात्मक भएको शिक्षामन्त्री पन्तले पत्रकारसँग बताउनुभयो ।
उहाँका अनुसार अब केही काम बाँकी छ र आजभोलिमा टुङ्ग्याउने तयारी छ । वार्तामा सहभागी भएकाहरूका अनुसार सहमतिको मस्यौदा बनिसकेको छ ।
त्यसलाई आन्तरिक छलफल गर्ने भन्दै शिक्षक महासङ्घका नेतृत्वमा रहेकाले लिएर गएका छन् । नेपाल शिक्षक महासङ्घका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले छलफलबाट निष्कर्षमा पुग्न नसकिएको बताउनुभयो ।