Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

बर्षौपछि धार्चेका भूमिहीन दलित घरपरिवारले पाए जग्गाधनी लालपुर्जा


2.2K
Shares

बर्षौपछि धार्चेका भूमिहीन दलित घरपरिवारले पाए जग्गाधनी लालपुर्जा

गोरखा १५ वैशाख  । गोरखाको धार्चे गाउँपालिकाका भूमिहीन दलित घरपरिवारले जग्गाधनी लालपुर्जा पाएका छन् । गण्डकी प्रदेशमै पहिलोपटक धार्चे गाउँपालिकाका भूमिहीन दलित घरपरिवारलाई शनिबार लालपुर्जा वितरण गरिएको गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङले जानकारी दिनुभयो ।

भूमि समस्या समाधान आयोग जिल्ला समिति गोरखामार्फत ४ जना भूमिहीन दलित घरपरिवारलाई लालपुर्जा उपलब्ध गराइएको उहाँको भनाइ छ । आयोगमार्फत स्थानीय मंगले बिकलाई २४१.१४ वर्गमिटर, राजु बिकलाई २७४.२५ बर्गमिटर, आइतसिंह कामीलाई १९५.५० वर्गमिटर र रामबहादुर कामीलाई ३४०.०० वर्गमिटर क्षेत्रफल भएको जग्गाको लालपुर्जा प्रदान गरिएको हो ।

‘‘धार्चेमा जग्गा प्राप्तिका लागि ८ जना भूमिहिन दलित घरपरिवारको निवदेन परेकोमा दुई जना बैदेशिक रोजगारीमा रहेको र दुई जनाको नागरिकताको समस्याका कारण लालपुर्जा प्रदान गर्न बाँकी छ, अध्यक्ष गुरुङले भन्नुभयो, ‘‘उहाँहरुलाई पनि छिट्टै लालपुर्जा उपलब्ध गराउनेछौँ ।’’

बि.स २०८० साल चैतमा नै धार्चे गाउँपालिकाले आयोगसँग समन्वय गरी भूमिहीन दलितलाई लालपुर्जा वितरणको अन्तिम तयारी गरेको भएपनि सरकारले तत्कालिन आयोग खारेज गरेपछि लालपुर्जा वितरणको काम झण्डै डेढ वर्षदेखि रोकिदै आएको थियो ।

धार्चे गाउँपालिकामा भूमिहीन सुकुम्बासीको भने कुनै निवेदन नपरेको गाउँपालिकाका अध्यक्ष गुरुङको भनाई छ । धार्चेमा अव्यवस्थित बसोबासी भने २५० भन्दा बढीको निवेदन परेको र उनीहरूलाई जग्गधनी लालपुर्जा उपलब्ध गराउनका निम्ति आवश्यक प्रक्रिया अघि बढाइएको उहाँले बताउनुभयो ।

भूमिहिन दलित घरपरिवारले आवाज कमोत गर्दै आएको घरजग्गाको जग्गाधनी प्रमाणपुर्जा भूमिहीन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गा उपलब्ध गराउन सरकारले गरेको कानुनी व्यवस्थाबमोजिम उपलब्ध गराइएको आयोगका गोरखा जिल्ला अध्यक्ष राजनराज पन्तले जानकारी दिनुभयो ।

गोरखा क्षेत्र नं १ ‘क’ का गण्डकी प्रदेश सभाका सदस्य नन्दप्रसाद न्यौपानेले एक कार्यक्रमका बिच दलित घरपविारलाई लालपुर्जा हस्तान्तरण गर्नुभएको हो । बि.स २०७९ असारमा आयोगसँग गोरखाका ११ वटा स्थानीय तहले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गा उपलब्ध गराउन प्रक्रिया अगाडि बढाउने सहमति गरेका थिए ।

बर्षौपछि आफुले खेतीपाती गर्दै आएको जग्गाको लालपुर्जा पाएपछि धार्चेका भूमिहीन दलित परिवार खुसी भएका छन् । ‘‘आफ्नो नाममा जग्गाको लालपुर्जा नपाइ मरिन्छ की भन्ने लागेको थियो, भूमिहीन दलितमध्येका एक आइतसिंह कामीले भन्नुभयो,‘‘गाउँपालिकाले पहल गरेर जग्गा, लालपुर्जा आफ्नै नाममा दिनुभयो धेरै खुशी लागेको छ ।’’

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology