Nagarik Sawal

२०८३ कार्तिक १५ शनिबार

२०८३ कार्तिक १५ शनिबार

नेपाली जनप्रगतिशिल मञ्च जापाले सदस्य बिस्तार, नबिकरण तथा आन्तरिक भेला गर्दै


2K
Shares

नेपाली जनप्रगतिशिल मञ्च जापाले सदस्य बिस्तार, नबिकरण तथा आन्तरिक भेला गर्दै

सन्दिप सुनार
अप्रिल २६ ,टोकियो । नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र ०निकट प्रवासी संगठन नेपाली जनप्रगतिशील मञ्च जापानले मञ्चको बिशेष आन्तरिक भेला गर्ने भएको छ।

यही महिनाको अप्रिल २७ तारिख आईतबारका दिन राजधानी शहर टोकियोको ओकुबो कान्तो क्षेत्र भित्र रहेकाहरूको सदस्यता नविकरण तथा नयाँ सदस्यता वितरण सँगै आन्तरिक भेलाको आयोजना गरिएको मञ्चका अध्यक्ष मोहन पौडेलले जानकारी दिनुभयो । \

उहाँका अनुसार “समाजवादी गणतन्त्र निर्माणमा प्रवासी नेपालीको ऐक्यबद्धता, सामाजिक सुरक्षासहित मजदूर हकहितका लागि जनप्रगतिशिल मन्चको प्रतिबद्धता” भन्ने मुल नाराका साथ कार्यक्रम गर्न लागिएको उहाँले बताउनुभयो ।

परिवर्तन र अग्रगमनका पक्षधर प्रगतिशीलहरूलाई संगठित गर्दै प्रवासबाटै सरकारले गरेका गलत कामकारवाहीको खवरदारी नै कार्यक्रमको मुख्य उद्वेश्य रहको सदस्यता नविकरण तथा नयाँ सदस्यता वितरण सँगै आन्तरिक भेला कार्यक्रमका संयोजक समेत रहनुभएका अध्यक्ष पौडेलले बताउनुभयो ।

त्यस्तै मञ्चको विभिन्न क्षेत्रहरूमा पनि आन्तरिक भेलाकोको कार्यक्रम भईरहेको छ भने केही क्षेत्रहरूमा भने सम्पन्न भईसकेको छ। जापानमा नेपाली विधार्थी, विभिन्न भिजामा जापानमा आएर समस्यामा परेका नेपालीहरूको अभिभावक्त्व निर्वाह गर्दै नेपालमा आई पर्ने जुन सुकै प्राकृतिक विपत्तिका बेलामा पनि मञ्चले विभिन्न सहयोगहरू गर्दै आईरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology