Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

अजरबैजान पठाईदिन्छु भन्दै ६ लाख ठगी गरेको आरोपमा गोरखाका देवकोटा पक्राउ


2.1K
Shares

अजरबैजान पठाईदिन्छु भन्दै ६ लाख ठगी गरेको आरोपमा गोरखाका देवकोटा पक्राउ

गोरखा, १३ बैशाख । बैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभवन देखाएर रकम ठगी आरोपमा गोरखाका १ जनालाई प्रहरीले राजधानीबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा अजिरकोट गाउँपालिका–४ सिम्जुङका २२ बर्षिय अनिल देवकोटा भएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले पुष्टी गरेको हो ।

पक्राउ परेका देवकोटाल २ जनाबाट ६ लाख रुपैयाँ लिएर सम्पर्क बिहीन भएको भन्दै पिढितले उजुरी दिए लगत्तै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकको प्रहरी टोलीले उनको खोजी गरेको थियो ।

काठमाडौं महानगरपालिका–१६ बस्दै आएका उनलाई प्रहरीको टोलीले महानगरपालिका–११ बबरमहलबाट पक्राउ गरेको हो । पक्राउ परेका देवकोटालाई प्रहरीले बैदेशिक रोजगार बिभाग ताहाचलमा बुझाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology